६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अमेरिकाले पुनः आणविक हतियार परीक्षण गर्ने

वासिङ्टन डिसी– अमेरिका र दक्षिण कोरियाका आणविक विज्ञहरूले पुनः आणविक हातहतियार परीक्षण कार्य अगाडि बढाउने बताएका छन्।
दक्षिण कोरियाको राजधानी सिओलमा अमेरिकी तथा दक्षिण कोरियाली आणविक विज्ञहरूबीच भेटवार्ता पछि यस्तो निष्कर्ष निकालिएको हो।

आणविक हतियार परीक्षण क्षेत्रमा उत्तर कोरियालाई चेतावनी दिनका लागि उक्त भेटवार्ता गरिएको दुवै पक्षका अधिकारीहरूले बताएका छन्।  
उत्तर कोरिया तथा उसको आणविक परीक्षणको विषयलाई लिएर दक्षिण कोरिया तथा अमेरिकाका विदेश मन्त्रालयका अधिकारीहरूबीच वार्ता भइसकेको दक्षिण कोरियाली सञ्चार माध्यमले उल्लेख गरेका छन्।

११ दिनको एसिया भ्रमण पश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबारे नयाँ धारण बनाउने बताइरहेका बेला आणविक कार्यक्रमलाई ब्युँताउने चर्चा सार्वजनिक भएको हो। उत्तर कोरिया र उसले परीक्षण गरेको आणविक हतियार कार्यक्रमलाई प्रभाव पार्नै गरी उत्तर कोरियाप्रति नयाँ धारणा ल्याइने राष्ट्रपति ट्रम्पले बताएका थिए।

एसिया भ्रमणका क्रममा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच वाक युद्ध बढिरहेकाले उत्तर कोरियाबारे नयाँ धारणा ल्याइने ट्रम्पले बताएका थिए।

उत्तर कोरिया समस्या समाधान गर्नका लागि राष्ट्रपति ट्रम्पले चीनलाई मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नका लागि आग्रह समेत गरेका थिए। उत्तर कोरियाले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्ध रूचाउने व्यक्तिको संज्ञा दिएपछि अमेरिकाले उत्तर कोरियाबारे नयाँ धारणा ल्याउने राष्ट्रपति ट्रम्पले बताएका हुन्।

राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री शिन्जो आबे तथा अष्टेलियन प्रधानमन्त्रीसँग सल्लाह गरी उत्तर कोरियाबारे नयाँ धारणा बनाउने बताएका थिए।

प्रकाशित: ४ मंसिर २०७४ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App