७ वैशाख २०८१ शुक्रबार
समाज

सात देशको मुद्रासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं— ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका चिनियाँ नागरिक सात देशको अवैध मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

राहदानी नम्बर ई २०८७४९८८ बाहक ५० वर्षीय मिङ्ग जाङ्गलाई अवैध रुपमा लैजान लागेको विभिन्न देशका मुद्रासहित आइतबार प्रहरीले पक्राउ गरेको हो।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा ह्याण्डब्यागेज जाँच गर्ने क्रममा ह्याण्ड क्यारीमा रहेको झोलाभित्र चाइनिज यान १५ हजार १ सय, अमेरिकी डलर ३४ हजार ७ सय ३०, कोरियन ३ लाख २७ हजार, पाउण्ड स्टर्लिङ १ हजार ८५, युरो ५ सय ३५, भुटानी ५ हजार ५ र टुजुगो क्रोनर ४० सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

पक्राउ जाङ्गलाई प्रहरीले आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुर पठाएको छ।
 

प्रकाशित: ४ मंसिर २०७४ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App