८ वैशाख २०८१ शनिबार
समाज

एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा तीनको मृत्यु

इटहरी – कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी वडा नं. २ हलगढामा आइतबार राति एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ। 

राति १०.४५ बजे को १ च ७००९ नम्बरको एम्बुलेन्सले को ३२ प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक इटहरी वडा नं. २ का ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पा भैरवस्थान वडा नं. ४ का ४० वर्षीय निर्मल गौतम र सुनसरी चक्रघटीकी ४६ वर्षीया सरिता काफ्लेको मृत्यु भएको हो।

तीनै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति नै मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। मृतकमध्ये कार्की इटहरी खानेपानी तथा उपभोक्ता संस्थाका कर्मचारी हुन्। 

प्रकाशित: ४ मंसिर २०७४ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App