तीन नम्बर प्रदेशको सुरक्षा गोष्ठी शुरु

सोमबार, ०४ मङि्सर २०७४, १५ : ४२ नागरिक

काठमाडौँ (रासस)- आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी तुल्याउन प्रदेश नं ३ अन्तर्गतका जिल्लाका सुरक्षा निकायका प्रमुख सहभागी सुरक्षा गोष्ठी आज गृह मन्त्रालयमा शुरु भएको छ।

उक्त गोष्ठीमा प्रदेश नं ३ अन्तर्गतका जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित छन्।

प्रदेश नं ३ अन्तर्गत दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर जिल्ला पर्छन्।

गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव नारायणप्रसाद शर्माले गोष्ठीको शुभारम्भमा राष्ट्रिय प्राथमिकताका रुपमा रहेको आगामी निर्वाचनलाई सफल तुल्याउन सुरक्षा निकायबीच प्रभावकारी समन्वयका साथ योजनाबद्ध ढंगबाट अघि बढेको बताए।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न बनाइएको सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, निर्वाचन सुरक्षामा देखिएको चुनौती, समस्या र समाधानको उपाय खोज्ने सन्दर्भमा छिमेकी जिल्लाको कार्यनीति र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने गोष्ठीको मुख्य उद्देश्य रहेको सो अवसरमा जानकारी दिइयो।

गोष्ठीमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी तथा रक्षा र गृह मन्त्रालय मातहतका उच्च अधिकृतको पनि गोष्ठीमा सहभागिता रहेको छ।
 







यसमा तपाईको मत


अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने  स्मार्टफोनहरू

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने स्मार्टफोनहरू

यहाँ विभिन्न स्मार्टफोन निर्माताहरूको कुन कुन मोडलले एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने निश्चित भएको छ भन्ने कुराको जानकारी दिईएको छ

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...