६ वैशाख २०८१ बिहीबार
समाज

५०औँ विवाह वर्षगाँठ मनाएका २० जोडी ‘आदर्श जोडी’बाट सम्मानित

चितवन, (रासस) –रत्ननगरमा अायाेजित पहिलो पूर्वी चितवन महोत्सवका अवसरमा विवाहको ५०औँ वर्षगाँठ मनाएका उत्कृष्ट २० जोडीलाई ‘आदर्श जोडी’ सम्मान प्रदान गरिएको छ ।विवाहित जाेडीमा बढ्दै गएकाे सम्बन्ध विच्छेदकाे स्थितिलाई न्यूनीकरण गर्न ५०औँ वर्षगाँठ मनाएका जोडीलाई अादर्श जाेडीकाे सम्मान गरिएकाे अायाेजककाे दावी छ ।

'विवाहित जाेडीहरूमा मनमुटाव हुँदैमा सम्बन्ध विच्छेद हुने स्थितिकाे सृजना भइरहेकाे छ । त्यस्ताे परिस्थितिलार्इ न्यूनीकरण गर्न अादर्श जाेडी सम्मान नामक कार्यक्रमकाे अायाेजना गरिएकाे हाे,' महोत्सवका संयोजक नीरज श्रेष्ठले भने ।

सम्मानित जोडीहरूलाई रत्ननगर अस्पतालले निःशुल्क उपचारकाे व्यवस्था गरेकाे जानकारी अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले गराए । त्यस्तै  महाेत्सवमा सहभागी जोडीलाई सौराहाका निश्चित होटलमा ४० प्रतिशत छुटको हनिमुन प्याकेजकाे व्यवस्था गरिएकाे छ ।

अाइतबार सम्पन्न दश दिने महाेत्सवमा ६ जनालाई मरणोपरान्त स्मृति सम्मान प्रदान गरिएकाे थियाे । महोत्सवलार्इ एक लाख दर्शकले अवलोकन गरेको आयोजक रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिए । महाेत्सवमा गायिका इन्दिरा जोशीे, शिव परियार, ज्योति मगर, मनोज गजुरेल, सागर आले, सुजाता पाण्डे, दिनेश काफ्ले र विनिता शाही लगायतले सांगितिक प्रस्तुति दिएका थियो ।
 

प्रकाशित: ४ मंसिर २०७४ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App