coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विप्लव माओवादीका तीन कार्यकर्ता पक्राउ

सिन्धुली (रासस)- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी का तीन कार्यकर्ता पक्राउ परेका छन्।  

जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।  

आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन उनीहरुलाई पक्राउ गरिएको शर्माले बताए। विप्लवका कार्यकर्ताको गतिविधि नजिकबाट नियालिरहेको र उनीहरुलाई पक्राउ गरिने उनले बताए। निर्वाचन विरोधी गतिविधि गर्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई मतदातालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै आएको उनको भनाइ छ।
 

 

प्रकाशित: ४ मंसिर २०७४ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App