८ वैशाख २०८१ शनिबार
राजनीति

कर्मचारी र मतदान सामग्री पठाउन सुरु

ताप्लेजुङ—मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सम्वन्धित मतदान केन्द्रमा मतदान सामाग्री सहित कर्मचारी पठाउन थालेको छ।

यहाँका ११४ मतदान केन्द्र मध्ये सोमवार ५५ मतदान केन्द्रमा मतदान सामाग्री सहित कर्मचारी पठाइएको छ। सहायक निर्वाचन अधिकृत गोपालप्रसाद थापाका अनुसार बुधवार भित्रमा सबै मतदान सामाग्री र कर्मचारी सदरमुकामबाट सम्वन्धित मतदान स्थलसम्म पठाइ सकिनेछ।

थापाले सोमवार ५५, मंगलवार २८ र बुधवार ३१ मतदान केन्द्रमा मतदान सामाग्री सहित कर्मचारी पठाउने गरी कार्य योजना बनाईएको बताए। यहाँ ११४ मतदान केन्द्र रहेका छन्। थापाका अनुसार सोमवार सबै भन्दा टाढा रहेका मतदान केन्द्रका लागि मतदान सामाग्री र मतदान केन्द्रमा खटिने कर्मचारी पठाइएको छ।

मंगलवार दुरीका हिसाबले केहि नजिक र बुधवार सदरमुकाम आसपासका मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी खटाइने छ। दुर्गम क्षेत्रमा रहेका याङ्मा,घुन्सा, ग्याब्ला,ओलाङचुङगोला, पापुङको किलिङ र कालिखोलाको हरिसे लगायतका स्थानका लागि पठाइने मतदान सामाग्री सम्वन्धित कर्मचारीलाइ जिम्मा लगाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान सामाग्री र कर्मचारीको साथमा सुरक्षाकर्मी समेत संगै परिचालन हुनेछन्।

प्रकाशित: ४ मंसिर २०७४ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App