८ वैशाख २०८१ शनिबार
समाज

इलाममा एक मजदुरको ‘शंकास्पद’ मृत्यु

इलाम – जिल्लाको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित स्यालढुंगानजिक एकजनाको ‘शंकास्पद’ मृत्यु भएको छ । इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका–३, पुवामझुवाका ५५ वर्षे विमल रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

नयाँबजारस्थित प्रहरीका अनुसार आइतबार साँझ उनलाई मदिरा पिएर सडकमा सुतिरहेको देखेपछि स्थानीयले मजदुर बस्ने स्थानीय एक घरमा लगेर सुताएका थिए । ‘बिहानको राति घरका अन्य मजदुरले रानामगरलाई त्यही घरको सिँढीमा मृत फेला पारेको जानकारी आएको छ,’ नयाँबजार प्रहरी चौकीका सई सोमप्रसाद दुलालले सोमबार भने, ‘हिजो पनि उनले मदिरा पिएको, अन्य साथीहरूसँग कुटाकुटसमेत भएकोजस्ता सूचना सर्वसाधारणबाट आएका छन्।’

प्रहरीले घरमा सुतेकालगायत सडकमा काम गर्ने करिब ३२ मजदुरलाई नियन्त्रणमा लिएको छ । ‘मृतकको शरीरमा चोटहरू त देखिएको छैन तर घटना शंकास्पद रहेकाले सबैलाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौं,’ सई दुलालले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ।’ 

प्रकाशित: ४ मंसिर २०७४ ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App