coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विप्लव समूहका तीन पक्राउ

सुरुङ्गा – आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिए। 

प्रहरी उपरीक्षक केसीका अनुसार कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती रहेका छन्। उनीहरुलाई आइतबार निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ। 

प्रकाशित: ४ मंसिर २०७४ ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App