८ वैशाख २०८१ शनिबार
समाज

अज्ञात समूहद्धारा गाडीमा आगजनी

मेघराज तामाङ
संखुवासभा– संखुवासभाको चैनपुरमा अज्ञात समूहले गाडीमा आगजनी गरेका छन् । आइतबार राति करिब २ बजे को१ज २१२३ नं. को ल्याण्डरोभर गाडीमा आगजनी गरेको हो । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो ।

गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन । आगजनी गर्नेहरुको खोजी कार्य भइरहेको इन्सपेक्टर वेदप्रसाद गौतमले बताए । उक्त गाडी बाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।

प्रकाशित: ४ मंसिर २०७४ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App