coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

एउटै व्यान्डमा पपका हस्ती

काठमाडौं- नेपाली पप संगीतमा सक्रिय चर्चित व्यान्डका सदस्यहरुले नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ को स्थापना गरेका छन् । राजधानीमा हालै भएको उनीहरूको भेलाले एल्बम प्रकाशनसँगै देशका प्रमुख सहरमा कन्सर्ट गर्न व्यान्ड खोलेका हुन् ।
व्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यु रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रस्थ जस्ता व्यान्ड आबद्ध छन् । व्यान्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्यान्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यु रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्निल शर्मा र अनुप्रस्थका निरन शाही छन् ।
वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजिव रिन्छेन पाल्जोर, बेशमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयुका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डबका निखिल तुलाधर छन् । व्यान्डले ‘फेरी उठ्नेछ नेपाल’लाई प्रमुख नारा बनाएको छ ।
व्यान्डवागन बाइ पोजिटिभ भाइब्स तथा व्यान्डका संस्थापक विकेश कायस्थले अहिले प्रारम्भिक अवस्थामा व्यान्डलाई कसरी अगाडि बढाउने भनेर योजना बनाइरहेको बताए । ‘हामी व्यान्डको पहिलो कोसेलीका रूपमा यही डिसेम्बरको पहिलो साता एउटा एल्बम बजारमा ल्याउँदैछौं । त्यसको तयारी सुरु भइसकेको छ,’ उनले भने, ‘पहिलो एल्बम निकाले पछि सन् २०१८ को जनवरीबाट देशका प्रमुख सहरमा कन्सर्ट गर्ने योजना पनि बनिसकेको छ ।’
व्यान्डको गायन समूहका सदस्य रविन एण्ड द रिभ्योलुसनका रविन तामाङले युवा बाहुल्यता रहेको व्याण्डमा आबद्ध हुन पाउँदा खुसी लागेको बताए । ‘नेपालको लागि यो पक्कै  पनि नौलो प्रयोग हो । विभिन्न व्यान्डहरू मर्ज भएर एउटा नयाँ व्यान्ड बन्नु साँच्चै हाम्रा लागि पनि गर्वको कुरा हो,’ रविनले भने । व्यान्डवागन बाइ पोजिटिभ भाइब्सले विभिन्न इभेन्टको व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित: ४ मंसिर २०७४ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App