समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक

सोमबार, ०४ मङि्सर २०७४, ०८ : ०९ नागरिक

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनमा दलहरुले बुझाएको समानुपातिक सूचीका उम्मेदवारको छानबिन गरी आयोगले आइतबार प्रतिनिधिसभाका २ हजार २ सय ७३ जना र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारलाई अन्तिम सूची कायम गरेको हो ।
आयोगले २ सय ५६ जनाको नाम कटौती गरेको छ । तीनजना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाउँदै आयोगले भनेको छ, ‘२ सय ५३ को दाबीविरोध तथा कानुनबमोजिम योग्यता नपुगेकाले उम्मेदवारी रद्द भएको छ ।’
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ प्रदेश १ मा ५ सय ७७, प्रदेश २ मा ८ सय ४, प्रदेश ३ मा ७ सय ७४, प्रदेश ४ मा ३ सय १९, प्रदेश ५ मा ६ सय ४, प्रदेश ६ मा २ सय ६ र प्रदेश ७ मा २सय ८१ जनाको उम्मेदवार कायम भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारको बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण आयोगले सार्वजनिक गरेको थियो  ।
आयोगका अनुसार ५८ सय ३८ उम्मेदवारमध्ये  समावेशी समूहअनुसार आदिवासी जनजाति ७ सय ६७ पुरुष, ८ सय ८१ महिला र १ अन्य  गरी जम्मा १६ सय ४९, खस आर्य  ८ सय ४५ पुरुष र ९ सय ४७ महिला गरी १७ सय९२,  थारू १ सय ५५ पुरुष र २ सय ४९ महिला गरी ४ सय ४, दलित ३ सय ३६ पुरुष र ४ सय ५९ महिलासहित ७ सय ९५ जना, मधेसी ४ सय ३७  पुरुष र ५ सय ३५ महिला गरी ९ सय ७२ जना,  मुस्लिम ८० पुरुष र १ सय ४६ महिलासहित २ सय २६ जनाको उम्मेदवारी कायम भएको छ ।
प्रतिनिधिसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ २२ सय ७३ मध्ये १ हजार ४८ जना पुरुष र १२ सय २४ जना महिला र १ जना अन्य लिंगको उम्मेदवारी कायम भएको  छ ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad