मिस गण्डकी सिजन चारको ताज ऋतिका गुरुङलाई

आइतबार, ०३ मङि्सर २०७४, २० : ५३ नागरिक

पोखरा—शनिबार होटल पोखरा ग्राण्डमा सम्पन्न नागरिक पश्चिमेली मिस गण्डकी सिजन चारको ताज पोखरा अमर सिंहचोककी १८ वर्षिया ऋतिका गुरुङले जितेकी छिन्।१६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन्। चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैयाँ बराबरको स्कुटर पुरस्कारस्वरुप प्राप्त गरिन्।

उपाधिसँगै ऋतिकाले ‘बेस्ट प्र्रफ्रमेन्स र बेस्ट कम्लेक्सन टाईटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन्। ऋतिका हाल कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गर्दैछिन। मिस गण्डकीको बिजेता बनिसकेपछि आफुलाई निकै खुशि लागेको उनले प्रतिक्रिया दिइन् ।  

त्यस्तै प्रतियोगितामा जसमिन गुरुङ फस्ट रनरअप भइन्। उनले बेस्ट स्माइल र बेस्ट पर्सनालिटी  टाइटल समेत आफ्नो पोल्टामा पारिन्। फस्ट रनरअपको उपाधिसँगै जसमिलले पचहत्तर हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरिन्। प्रतियोगितामा प्रज्ञा गुरुङले सेकेन्ड रनरअप सँगै मोस्ट ट्यालेण्टेड टाईटल जितिन् भने ज्योती सापकोटा थर्ड रनरअपको टाईटलसँगै मोस्ट पपुलर र मोस्ट पङ्चुअल अवार्ड पनि जितिन्। सेकेन्ड रनरअप प्रज्ञाले उपाधिसँगै पचास हजार रुपैयाँ प्राप्त गरिन्। त्यस्तै थर्ड रनरअप ज्योतिले पच्चीस हजार बराबरको पुरस्कारसँगै ‘स्पेशल गिफ्ट ह्याम्पर’ प्राप्त गरिन्।

१६ प्रतिस्र्पर्धीहरुबाट प्रथम चरणमा उत्कृष्ट १० जना, दोस्रो चरणमा उत्कृष्ट ६ जना छनौट गरिएकोमा फाइनल राउण्डमा निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो। उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई लेखन र वक्तृत्वकला प्रस्तुत गर्न लगाइएको थियो।

एसटी क्रियशनको आयोजनामा भएको मिस गण्डकी सिजन चारमा अन्य विभिन्न १८ वटा शीर्षकमा सब टाईटल उपाधि दिइएको थियो । मिस गण्डकी सिजन चारको ग्राण्ड फिनालेको निर्णायकहरुमा मिस नेपाल वल्र्ड २००५ सुगारीका केसी, सिनीयर कोरीयोग्राफर एवं सञ्चारकर्मी  आशिष श्रेष्ठ, मिस पोखरा १९९५ की फस्ट रनरअप एवं पोखरा विश्वविद्यालयकी प्रध्यापक रजनी केसी, गायिका तथा नवदिप बोर्डिङ स्कुलकी फाउन्डर प्रिन्सिपल कौशल्या गुरुङ, मिस पोखरा २०१५ की विजेता सबिना राना भुजेल र जीत हाम्रो फाउन्डेशनका निर्देशक राजेश जोशी आदी रहेका थिए ।

कार्यक्रममा कुवर्स ब्रोदर्शका अध्यक्ष तथा जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष इन्द्र कुँवरले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए। उनले मिस गण्डकीको सिजन १ देखि ४ सम्म निरन्तर सहकार्य गरेको र आगामी दिनहरुमा पनि सहकार्य गर्नै प्रतिबद्धता व्यक्त गर्दै यस्ता सुन्दरी प्रतियोगीता मार्फत युवतीहरुको व्यक्तित्व बिकासमा सहयोग पुग्ने बताए।

मिस गण्डकी सिजन एकदेखि चौथो संस्करणसम्मको प्रमुख प्रशिक्षक तथा कोरियोग्राफरको रुपमा सुरज थापा रहेका थिए। करिब ५ घण्टासम्म चलेको उक्त कार्यक्रममा गायन, नृत्य तथा हास्य प्रहशन जस्ता प्रस्तुतिले दर्शकको मनलाई मोहित बनाएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्धय इनिशा दुरा मगर र एकीन गुरुङले गरेका थिए। 

 







यसमा तपाईको मत


अन्य समाचार

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...