शोकान्तिका

प्रकाश दाहालः भूमिगत कार्यकर्तादेखि सेक्रेटरी सम्म

आइतबार, ०३ मङि्सर २०७४, १९ : ३६ प्रशान्त लामिछाने  | @prasantaparbat

काठमाडौं– तत्कालिन नेकपा माओवादीले जनयुद्धको थालनी गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाश दाहाल १४ वर्षका थिए । पिता जनयुद्धमा भूमिगत भैसके पनि परिवारको व्यवस्थापनको तयारी पनि गर्दै थिए । तर जनयुद्धको तिव्रतासँगै सबै परिवार भूमिगत हुने अवस्था आयो । सरकारी धरपकडले घरमा बस्ने अवस्था रहने । उनी पनि पितासँगै भूमिगत बने। 

२०३८ असार १७ गते चितवनको शिवनगरमा जन्मेका प्रकाशले जनयुद्धमा भूमिगत जीवन देखि पार्टी शान्ती प्रक्रियामा आएपछि अध्यक्ष दाहालको सचिवालय सम्हाले । आफ्ना पिता तथा पार्टी अध्यक्ष दाहालको सचिवालयमा रहेर सूचना प्रवाह तथा व्यवस्थापनमा गरेको सहयोगको पार्टी पंति भित्र प्रसंशा हुनेगर्छ । प्रकाशको आइतबार बिहान ३६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । उनी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत हुन् ।

जनयुद्धको समयमा प्रकाशको संगत गरेका डा.बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार उनको व्यक्तित्व बाहिर देखिए जस्तो हल्का थिएन । ‘जनयुद्धकै समयमा उहाँसँग भारतमा मेरो भेट भएको हो । प्रकाश दाई मनको सफा हुनुहुन्थ्यो’ पाण्डेले भने, ‘हाँसो रमाइलो गर्न मन पराउने र साथीहरुसँग मिलनसार हुनुहुन्थ्यो।’

भिडियोमा हेर्नुहोस् पेरीस डाँडादेखि पशुपतिसम्म

 

प्रकाशले राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदक पाए पनि उनले त्यसलाई फिर्ता गरेका थिए । राजनीतिका अलवा प्रकाशको अर्को फरक परिचय पनि रहेको छ । उनी हिमाल आरोही पनि हुन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनी प्रविधिमा पनि अब्वल मानिन्थे ।

जनयुद्धकै समयमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले पनि प्रकाशसँग सहकार्य गरेका थिए। उनको सम्झनामा प्रकाश एक कुशल व्यवस्थापक हुन् । ‘हाम्रो भेट २०५९ साल तिर दिल्लीमा भएको हो त्यो समयदेखि हामी निरन्तर सहकार्यमा रह्यौं,’ महराले भने, ‘पछि म पार्टी हेडक्वार्टरको सुरक्षा टोलीमा खटिँए त्यसपछि अन्तरंग कुराहरु पनि हुन थाले । उहाँ निरन्तर काममा लाग्ने सरल स्वभावको व्याक्ति हो।’

महराले जनमुक्ति सेनामा काम गरेका थिए भने उक्त समय प्रकाश पिताको सचिवालयमा थिए । सचिवालयमा रहँदा पनि प्रकाशले अन्य सदस्यहरुको जस्तै जनमुक्ति सेनासँग युद्धमा भाग लिन जान पार्टीमा माग गर्ने गरेको महराले स्मरण गरे । प्रकाश हतियारका पनि सौखिन थिए । जनयुद्धको समयमा पनि उनले जनमुक्ति सेनाले चलाउने हतियारबारे चासो राख्ने गरेका उनका साथीहरु बताउँछन् । पछिल्लो पटक उनले पिता प्रधानमन्त्री भएकै समयमा २२ बोर बन्दुक इटालीबाट किनेका थिए ।

उनको वैवाहिक जीवन भने उतारचढाबपूर्ण रह्यो । पहिलो विवाह सफल हुन नसकेपछि दोस्रो विवाह कास्कीकी सृजना त्रिपाठीसँग भयो । पोखराको पृथ्वी चोकमा रहेको तत्कालिन वाइसिएल क्याम्पमा पञ्चेबाजा बजाएर विवाह भए पनि दुईबीचको सम्बन्ध सुखद रहेन । प्रकाशले पुन विद्यार्थी नेत्री विना मगरसँग बिहे गरे । विनासँग विहे गरेपछि केही समय उनी कुनै सिनमा देखिएनन् । पार्टीले पनि प्रकाशलाई कारबाही ग¥यो । कारबाही फुकुवा भएसँगै उनी फेरी पिताको सचिवालयमा फर्केर काम गर्न थाले । सृजना र विना तर्फ प्रकाशका एक एक छोरा छन्।

प्रकाश परिवारका कान्छा सदस्य हुन् । उनका तीन दिदी छन् । जेठी दिदी ज्ञानु दाहालको क्यान्सरका कारण यस अघि निधन भैसकेको छ भने माइली दिदी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल हुन् । कान्छी दिदी गंगा दाहाल हुन्।

अन्तीम श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरिर पार्टी मुख्यालय पेरीस डाँडामा राखिएको थियो । त्यहाँ विभिन्न दलका नेता तथा सुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरे । छोरा प्रकाशलाई पशुपति आर्यघाटमा पिता पुष्पकमल दाहालले दागवत्ती दिए। उनको अन्त्येष्टीमा आर्यघाटमा शुभेच्छुकको ठूलो भिड जम्मा भएको थियो।    

भिडियो: प्रबिन कोइराला

तस्बिरहरु: केशव/ विजय/ दिपेश/ प्रबिन र दिनेश

 

 
























यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad