६ वैशाख २०८१ बिहीबार
समाज

चिट प्रकरणपछि आइओएमको परीक्षा रद्द

काठमाडौं— त्रिवि चिकित्साशास्त्र अध्यायान संस्था (आइओएम) परीक्षा समितिले चिट चोरी प्रकरण बाहिरिएको एमबिबिएस प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको छ। त्रिविको कात्तिक ३० को निर्देशनाअनुसार नै संचालित परीक्षा रद्द गरेर छिट्टै नयाँ परिक्षा मिति निर्धारण गरिने आइओएमले जनाएको छ।

आइओएमका डिन डा.जगदिशप्रसाद अग्रवालले परीक्ष रद्द भएको र केही दिनभित्रै नयाँ मिति तोकिने जानकारी दिए।

आइओएम अन्र्तगतका ७ मेडिकल कलेजका लागि तोकिएका सिटमा भर्ना लिन गत असोज २८ मा परीक्षा संचालन गरिएको थियो । सो क्रममा केही परीक्षा केन्द्रमा चिट चोर्न विशेष इलेक्टिभ डिभाइससहित गिरोह ने समातिएको थियो।

सो आधारमा त्रिवि, मेडिकल काउन्सिललगायतका निकायबाट भएका छानविन प्रतिवेदनले परीक्षामा अनियमितता भएको देखाएको भन्दै त्रिविले रद्द गर्न आइओएमलाई निर्देशन दिएको थियो । त्रिवि कार्यकारी परिषद्ले त्रिवि नियामको २८ ग अनुसार निर्णय गर्न ३० कार्तिकमा पत्राचार गरेको थियो। सो नियममा विशेष कारण देखिएमा परीक्षा रद्द वा खारेज गर्न सकिने उल्लेख छ।

त्रिविले आइओएमलाई प्रहरीको प्रतिवेदन, नेपाल मेडिकल काउन्सिलको विज्ञको प्रतिवेदन, त्रिवि छाविन समितिको प्रतिवेदन र कानुनी सल्लाह गरी चारवटा आधारमा घुमाउँरो तरीकामा रद्द गरेर नयाँ परीक्षा गर्न सुझाएको थियो । छानविनका क्रममा गिरफ्तार विद्यार्थीको उत्तरपुस्तिकाको अनुसन्धान गर्दा ६० मध्ये १४ मात्रै उत्तर मिलाएको भेटिएको थियो।

त्यति आधारमा प्रश्नपत्र बाहिरिएको भनेर परीक्षा रद्द नै गर्न नहुने समेत आवाज उठेरपनि कार्यकारी परिषद्ले रद्द गर्नुभन्ने आसयको पत्रपछि आइओएमले यस्तो निर्णयमा पुगेको हो । विद्यार्थीहरुले समेत नयाँ परीक्षाको माग गरेका थिए ।

प्रकाशित: ३ मंसिर २०७४ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App