८ वैशाख २०८१ शनिबार
राजनीति

काँग्रेसले सबैको अधिकार सुनिश्चित गर्छ : निधि

काँग्रेस नेता विमलेन्द्र निधि। फाइल तस्विर

महेन्द्रनगर (धनुषा) - नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्।

रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे।
 

जनकपुर शुरुदेखि नै क्रान्ति र आन्दोलनको भूमि भएको हो भन्दै उनले काँग्रेसले नै संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि निर्वाचन सम्भव भएको बताए।

रौनियार सेवा समितिका अध्यक्ष लालबाबु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ३ खका प्रदेशसभा सदस्यका उम्मेदवार श्याम साह तथा सत्यनारायण साह, राधेश्याम गुप्ता, सुधीरकुमार साह, मनमोहन साह, रामप्रताप रौनियार, पुरन गुप्ता, राजकिशोर गुप्ता, हंशराज गुप्ता लगायतले आआफ्नो विचार राखेका थिए।

 

प्रकाशित: ३ मंसिर २०७४ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App