प्रकाश दाहालको निधनमा कसले के भने?

आइतबार, ०३ मङि्सर २०७४, १३ : २० नागरिक

काठमाडौं— पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको निधनको प्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक पार्टीका नेताहरु एवं सर्वसाधारणले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत अात्मप्रति श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।

‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छुु',देउवाले भनेका छन्।

पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।

— Sher Bahadur Deuba (@PM_Nepal) November 19, 2017

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको उल्लेख गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ ।स्वर्गीय प्रकाशप्रति हार्दिक श्रद्धान्जली ।शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

— K P Sharma Oli (@kpsharmaoli) November 19, 2017

राप्रपा अध्यक्ष कमल थापाले प्रकाशलाई असल मानिसको रुपमा स्मरण गर्दै उनको निधनले स्तब्ध भएको जनाएका छन्। 'पूर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु। व्यक्तिगतरुपमा उनि असल मानिस थिए। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु', उनले भनेका छन्, 'प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन्। हार्दिक समवेदना !'

यसैगरी काँग्रेस नेता विमलेन्द्र निधिले प्रकाशको अल्पायुमै भएको निधनबाट अाफू मर्माहत भएको जनाएका छन्।

प्रचण्डजीको पुत्र प्रकाश दाहालको अल्पायुमै असामयिक निधन भएकोमा मर्माहत भएको छु। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।

— Bimalendra Nidhi (@BimalendraNidhi) November 19, 2017

 

एमाले सचिव योगेश भट्टराई प्रकाशको निधनबाट दाहाल परिवारमा पर्न गएको पीडाप्रति समवेदना प्रकट गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

काँग्रेस नेता एवं पूर्व सभामुख दमननाथ ढुंगानाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अत्यन्त असामयिक पुत्रशोक परेकोमा दुःख व्यक्त गरेका छन्। 

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'जीलाई अत्यन्त असामयिक पुत्रशोक परेकामा दु:खी छु। उहाँ र परिवारजनमा सहनशक्तिको कामना गर्दछु।

— Daman Nath Dhungana (@daman_nath) November 19, 2017

यसैगरी काँग्रेस नेता गगन थापाले प्रकाशको निधनमा श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु। उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!
साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना!

— Gagan Thapa (@thapagk) November 19, 2017

यस्तो वियोग कसैको परिवारलाई नपरोस्। प्रकाश दाहालको आत्मालाई चीर शान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्! हार्दिक श्रद्धाञ्जली!

— Rabindra Mishra (@RabindraMishra) November 19, 2017

सबैखाले मृत्युको रङ एउटै हुन्छ। मृत्युले सृजना गर्ने पीडाको भार उस्तै हुन्छ। निर्मम सत्य नै सही, निमोठिएको होस् या स्वभाविक वियोगको ब्यथा उस्तै हुन्छ। त्यसैले मृत्युमाथि मजाक नगरौं।

— Narayan Amrit (@amritna) November 19, 2017

मान्छे-
बाँचुञ्जेल कतिपय मृत्युबाट आफू स्तब्ध हुन्छ
एकदिन आफैँ मरेर कतिपयलाई स्तब्ध बनाउँछ
-मंसिर ३, काठमाण्डू

— Gani Ansari (@GaniAnsarii) November 19, 2017




यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad