८ वैशाख २०८१ शनिबार
खेल

गेटाफेको सहज जित

मड्रिड – स्पेनिस ला लिगाअन्र्तगत शनिबार सम्पन्न खेलमा गेटाफेले आल्भेसमाथि ४–० को सहज जित हात पारेको छ।
गेटाफेको जितमा एन्जेल रोड्रिग्वेजले दुई तथा मार्केल बर्गारा र जर्ज मोलिनाले समान १ एक गोल गरेका थिए।

खेलको छैटौं मिनेटमा बर्गाराले गरेको गोलमा गेटाफेले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि मोलिनाले पेनाल्टीमा गोल गर्दै गेटाफेको अग्रता दोब्बर पारेका थिए।

५३औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै टोलीको अग्रता बढाएका थिए । ६४औं मिनेटमा रोड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल पूरा गरेपछि टोलीको जित सुनिश्चित भयो।

यस जितपछि १२ खेलको समाप्तिमा १६ अंक जोडेको गेटाफे १०औं स्थानमा उक्लिएको छ । समान खेलमा ६ अंक जोडेको आल्भेस १८औं स्थानमा छ, जुन रेलिगेसन क्षेत्र हो।

यसअघि शुक्रबार सम्पन्न खेलमा रियाल सोसिडाड र जिरोनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

प्रकाशित: ३ मंसिर २०७४ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App