coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अोली सरकारका उद्योगमन्त्री पाण्डेले किन पाए स्याबासी ?

काठमाडौं–बुधबार संसद बैठकमा सहभागी हुन ओली नेतृत्वको मन्त्रिमण्डलका उद्योगमन्त्री सोमप्रसाद पाण्डे मन्त्रीकै हैसियतमा संसद भवनमा पुगेका थिए। औपचारिक पोसाकमा बा २ झ ११४२ नम्बरको झण्डावाला गाडीमा पुगेका उनी फर्कदा भने निजि गाडीमा फर्किए।

संसद भवनबाटै सुबिधाको गाडीलाई उद्योग मन्त्रालय पठाएर उनी बा २ च ९१७७ नम्बरको निजि गाडीमा सिधै मन्त्री क्वाटर पुल्चोक पुगेका हुन्। क्वाटरबाट विदाइ भएर आफ्ना सरसामानसहित उनी निजि निवासमा फर्केका उनका स्वकीय सचिव पदम गैरेले बताए।

‘आजैदेखि बानेश्वरस्थित आफ्नै निवासमा सरेको छु, मन्त्रीका हैसियतमा पाएका सबै सुबिधा मैले फिर्ता गरेको छु,’ पाण्डेले नागरिकन्युजसँग भने ‘पदमुक्त भएपछि पनि सुबिधा लिनु नैतिकताले दिदैन।’

पाएको सुबिधा पदमुक्त भएपछि पनि लामो समय नछाड्ने नेताहरुबारे बारम्बार चर्चा र आलोचना हुनेगरेको छ। तर बुधबार उद्योगमन्त्री पाण्डेले सुबिधाको गाडी छाडेर आफ्नै गाडीमा फर्कदा उनले सञ्चारकर्मीको प्रशंसा र स्याबासी पाए।

‘मन्त्रीज्यू गाडी त फेरिएछ नि?’ संसद भवनबाट बाहिरिदा मन्त्री पाण्डेलाई सञ्चारकर्मीले सोधेपछि पाण्डेले जवाफ दिए ‘अब मन्त्री हैन सांसद भन्नुस्।’ उनी हात हल्लाउँदै हाँस्दै आफ्नो निजी गाडीमा संसद प्राङ्गढबाट निस्किए।

बुधबारको संसद बैठकले नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई चयन गरेको छ।

प्रकाशित: १९ श्रावण २०७३ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App