coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

श्रीलंकाको गतिलो सुरुआत

कोलकाता– लेहरु थिरामाने र एन्जेलो म्याथ्युजको अर्धशतक प्रेरित श्रीलंकाले शनिबार भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा गतिलो सुरुआत गरेको छ।

तेस्रो दिनको खेल समाप्तिमा श्रीलंका १६५–४ मा खेलिरहेको छ र टोली ७ रनले पछि छ । कप्तान दिनेश चण्डीमल अविजित १३ र विकेटकिपर ब्याट्सम्यान निरोशान डिकबेला अविजित १४ रनमा खेलिरहेका छन् । १६ बल खेलेका डिकबेलाले २ चौका प्रहार गरे। 

३४–२ को स्थितिमा ब्याटिङका लागि आएका थिरामानेले तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए । समान ९४/९४ बल खेलेका म्याथ्युज र थिरामानेले समान ८÷८ चौकाको मद्दतमा क्रमशः ५२ र ५१ रन जोडेका थिए।

 भारतका उमेश यादव र विनय कुमारले समान दुई÷दुई विकेट लिए ।

यसअघि ७४–५ बाट तेस्रो दिनको खेल सुरु गरेको भारतले थप ९८ रन जोड्दा बाँकी ५ विकेट गुमाएको थियो ।
भारतका चेतेश्वर पूजाराले ५२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । १ सय १७ बल खेलेका पूजाराले १० चौका प्रहार गरे । त्यस्तै ऋद्धिमन शाहले २९ र रवीन्द्र जडेजाले २२ रनको योगदान दिए ।
भारतलाई पहिलो इनिङमा सस्तोमा समेट्ने क्रममा श्रीलंकाका सुरंगा लकमलले ४ तथा दिलरुवान परेरा, लेहरु गामागे र धसुन सनाकाले समान २÷२ विकेट लिए।

प्रकाशित: ३ मंसिर २०७४ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App