६ वैशाख २०८१ बिहीबार
समाज

मुटुरोगी छोरा बचाइदिन आमाको गुहार

बिरा गडाल

बैतडी– आर्थिक अभावमा उपचार गर्न समस्या परेकोले आफ्नो मुटरोगी छोरा बचाई दिन एक महिलाले अपिल गरेकी छन्। खर्च अभावमा देहीमाण्डौ–८ मा बस्दै आएका बसन्तीदेवी ऐरले ५ वर्षीया छोरा संजिवको जीवन बचाइदिन यस्तो अह्वान गरेकी हुन्।

परिवारले वास्ता नगरेपछि छोरासहित माइतमा बस्दै आएकी ऐरका अन्य परिवार झलारी पिपलाडी नगरपालिका–११ कञ्चनपुरमा बस्ने गरेका छन्।

घरको आर्थिक अवस्था कमजोर भएपछि बिरामी छोरासहित उनी माइतीको आश्रयमा बस्दै आएकी छन्। माइतीको अवस्था पनि झन् नाजुक छ। छोराको जीवन जोगाइदिन उनले यस्तो आह्वान गरेकी हुन्। सानैमा निमोनियाग्रस्त छोरा तीन वर्षदेखि औषधिको भरमा बाँच्दै आएको उनले बताइन्। निमोनियाले असर गरेपछि अहिले छोराको मुटुमा प्वाल परेको बसन्तीले बताइन्।

संजीवका बुवा ज्ञोनेन्द्रबहादुर ऐर बेरोजगार छन्। आफ्नो र छोराको हेरचाह नगर्ने, वास्ता गर्न छोडेपछि  बिगत ३ वर्षदेखि माइतीमा बस्दै आएको बसन्तीले बताइन्।

माइतीको अवस्था पनि दयनिय छ। माइती घरमा आमा मात्रै एक्लै छन्। उनले भनिन् ‘हामी दुई बहिनी मात्रै हौं दुवैको बिहेपछि माइतीमा आमा एक्लै छन्।’  

गत जेठमा छिमेकीको सहयोगले छोरालाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको लागि लगिएको थियो। केन्द्रले मुटुको अप्रेसन गर्न भनेपछि उनी समस्यामा छिन्। उपचारको लागि धेरै खर्च लाग्छ आफूसँग उपचार गराउन एक पैसा छैन। विपन्न वर्गलाई निशुल्क उपचारको व्यवस्था भए पनि काठमाण्डौं जान र बस्न बढी खर्च लाग्ने भएपछि उनी छोराको उपचारका लागि सहयोग गर्न उनले सबैसँग आह्वान गरेकी हुन् ।

विपन्न वर्गको सिफारिस गर्न सदरमुकाम आएकी उनी छोरा बाचाइदिन सहयोगको याचना गर्छिन्। उनले छोराको उपचारको लागि आवश्यक पहल चालिदिन जिल्लाका राजनीतिक दलहरु, सञ्चारकर्मी र स्थानीय निकाय र सहयोगी दाताहरुलाई अनुरोध गरेकी छन्।

उनको अवस्था देखेपछि केही जिल्लाका स्थानीयले थोरै रकम सहयोग गरेका छन्।

प्रकाशित: १९ श्रावण २०७३ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App