८ वैशाख २०८१ शनिबार
राजनीति

४९ मतदाताको मतदान केन्द्र

ताप्लेजुङ- प्रतिनिधि र प्रदेश सभाका लागि ताप्लेजुङमा तोकिएका ११४ मतदान केन्द्रमा सबैभन्दा कम ४९ मतदाता रहेको पाइएको छ। सबैभन्दा बढी भने १ हजार ४० जना सम्म रहेका छन्।

उत्तरी दुर्गम गाउँ ग्याब्लामा रहेको मतदान केन्द्रमा ४९ जना मतदाता रहेको पाइएको छ। यो जिल्लाकै सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र हो । यसैगरी खोक्लिङको मोति मावि मतदान केन्द्रमा जिल्लाकै सबैभन्दा बढी १ हजार ४० मतदाता रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ७३ मतदान स्थलमा तोकिएका ११४ मतदान केन्द्र मध्ये उत्तरी दुर्गम गाउँमा सबैभन्दा बढी २२२ मतदाता रहेका छन् । फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोला मतदान केन्द्रमा रहेका यि मतदाता यहाँका दुर्गम गाउँमा भएका मतदान केन्द्र मध्येका सबैभन्दा बढी हुन् । जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरका अनुसार जिल्लाकै सबैभन्दा दुर्गम गाउँ याङ्मामा ५७ जना मतदाता रहेका छन् । दुर्गम तर पर्यटकिय थल घुन्सामा भने १३१ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी ठाकुरका अनुसार कालिखोलाको हरिसे निमावीमा १८४ तथा पापुङको किलिङमा १९४ मतदाता रहेका छन् । कालिखोला र पापुङको किलिङलाइ पनि दुर्गम क्षेत्रमै गणना गरिन्छ।

जिल्ला निर्वाचन कार्यालयका प्रदेश सभाको निर्वाचन क्षेत्र नं १ मा पर्ने फुङलिङ नगरपालिकामा ९ स्थानीय तह मध्ये सबैभन्दा बढी मतदाता रहेका छन् । १५ हजार १३७ मतदाता रहेको फुङलिङ पछि सिरीजङ्घा गाउँपालिकामा १० हजार २ सय ७१ मतदाता रहेका छन् । याङवरक गाउापालिकामा८ हजार ६०१ र सिदिङ्वा गाउँपालिकामा ७ हजार ६३३ मतदाता रहेका छन् । यि सबै निर्वाचन क्षेत्र नं १ मै पर्छन् । गएको स्थानीय तहको निर्वाचनमा फुङलिङ नगरपालिका र याङवरक गाउँपालिकामा एमाले तथा सिदिङ्वा र सिरीजङ्घा गाउँपालिककामा काँग्रेसले जित हासिल गरेका थिए । उतिबेला नगरपालिका सहित याङवरक र सिदिङ्वा गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्र मिलेर निर्वाचन लडेका थिए भने फुङलिङ र नगरपालिकामा एमाले एक्लै तथा सिदिङ्वामा संघीय लिम्बूवान संग मिलेर चुनाव लडेको थियो । माओवादी केन्द्रले फुङलिङ नपा र सिदिङ्वा गापामा उपप्रमुख पद जितेको थियो।

प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने साविकको लिङखिम गाविसलाइ गाभेर प्रदेश सभाको निर्वाचन क्षेत्र नं २ मा ५ वटा स्थानीय तह रहेका छन् । ५ मध्ये ३ स्थानीय तहमा एमाले र २ स्थानीय तहमा काँग्रेस बिजय भएको थियो । प्रदेश सभाको निर्वाचन क्षेत्र नं २ को सबैभन्दा कम मतदाता मिक्वाखोला गाउँपालिकामा रहेका छन् । जहाँ ५ हजार ६७७ मतदाता रहेका छन् । मेरिङदेनमा ७ हजार ४८७,मैवाखोलामा ६ हजार ६२५,आठराइ त्रिबेणीमा ८ हजार ५३४ तथा फक्ताङलुङमा ७ हजार ९०९ मतदाता रहेका छन् । यि मध्ये मैवाखोलाका ३२ गाउँपालिका सदस्य मध्ये एमाले एक्लैले ३१ तथा काँग्रेसले एक स्थान जितेको थियो । आठराइ त्रिबेणीमा काँग्रेसले १३ मतान्तरले एमाले उम्मेदवारलाइ पराजित गर्दा माओवादी केन्द्र मैवाखोला र आठराइ त्रिबेणीमा तेस्रो स्थानमा रहेको थियो । काँग्रेस र माओवादी केन्द्र मिलेर चुनाव लडेको मेरिङदेन गाउँपालिकाको प्रमुख पद काँग्रसले जित्दा ११५ मतान्तरले एमाले उम्मेदवार पराजित भएका थिए । मिक्वाखोलाको प्रमुख पद एमालेले जित्दा काँग्रेसले २५ मतको मात्र अन्तर व्यहोरेको थियो । राप्रपा संग मिलेर चुनाव लडेको काँग्रेस फक्ताङलुङ गाउँपालिकामा एमाले संग पराजित भएको थियो।

 

प्रकाशित: २ मंसिर २०७४ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App