coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१७ किलो सुनसहित एक पक्राउ

सुन लुकाएर ल्याएकाे बाेलेराे गाडी । तस्बिर : हिमनाथ देवकाेटा

रसुवा – रसुवागढी नाकाबाट १७ किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केरूङबाट अबैध रुपमा बोलेरोमा सुन लुकाएर ल्याउँदै गर्दा सीमा प्रहरी चौकी टिमुरेले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय कार्साङ दावा तामाङ रहेका छन्। 

केरूङबाट नेपालतर्फ आउँदै गरेको बा ११ च ७९१८ नम्बरको बोलेरोमा फल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा सुन फेला परेको हो। 

ट्वाइलेट पेपर र सरफ बोकेर आएको उक्त बोलेरोमा सामग्री राख्ने ठाउँमा नै फल्स बटम बनाएर सुन ल्याएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: २ मंसिर २०७४ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App