coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश-२\बारा : जित दोहोर्‍याउने दाउ

बारा- मंसिर २१ गते गर्न लागिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत बारामा कांग्रेसका तीन उम्मेदवार तेस्रो पटक, फोरम–राजपा गठबन्धनका दुई र वाम गठबन्धनका एक उम्मेदवार दोस्रो पटक जित निकाल्न चुनावी मैदानमा उत्रेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु राधेचन्द यादव, फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी यसपालिको चुनावमा जितेर ह्याट्रिक गर्न रणनितिमा रहेका छन् भने फोरम–राजपा गठबन्धनबाट राजपाका महामन्त्री जितेन्द्र सोनल, उपाध्यक्ष सरोज यादव र वाम गठबन्धनअन्तर्गत माओवादी केन्द्रका शिवचन्द्र कुश्वाहा दोस्रोपटक विजयका लागि चुनावी मैदानमा उत्रेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु राधेचन्द यादव, फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी यसपालिको चुनावमा जितेर ह्याट्रिक गर्न रणनितिमा रहेका छन् भने फोरम–राजपा गठबन्धनबाट राजपाका महामन्त्री जितेन्द्र सोनल, उपाध्यक्ष सरोज यादव र वाम गठबन्धनअन्तर्गत माओवादी केन्द्रका शिवचन्द्र कुश्वाहा दोस्रोपटक विजयका लागि चुनावी मैदानमा उत्रेका छन् ।

प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द यादव तेस्रो पटक चुनाव जित्ने दाउमा छन् । २०५१ साल र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट विजयी भएका यादव अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् ।
यादवले प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएर जितमा ह्याट्रिक गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रे पनि वाम गठबन्धनका माओवादी केन्द्रका शिवचन्द्र कुश्वाहा २०६४ सालको पहिलो संविधानसभाको नतिजा दोहोराउने दाउमा छन् ।
२०६४ को संविधानसभा निर्वाचनमा कुश्वाहा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि कुश्वाहा राजेन्द्र महतोको सद्भावना पार्टीबाट चुनाव लडेर पराजित भएका थिए ।
प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका राधेचन्द यादव, वाम गठबन्धनका शिवचन्द्र कुश्वाहासँग फोरम–राजमा गठबन्धनबाट फोरमका महासचिव रामसहायक यादव चुनावी मैदानमा छन् ।
कांग्रेसका नेता एवं श्रम तथा रोजगार मन्त्री मन्सुर २०५६ को संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ४ र २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । उनी प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका मन्सुरसँगै वाम गठबन्धनका अध्यानन्द पाण्डे, फोरम–राजपा गठबन्धनबाट फोरम बाराका अध्यक्ष रामबाबु यादव चुनावी मैदानमा छन् ।
यसैगरी २०५६ मा निर्वाचन क्षेत्र नम्बर १ र २०६४ को संविधानसभाको निर्वाचन ५ बाट चुनाव जितेका कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी जित तेहो¥याउने दाउमा छन् । उनी साबिक क्षेत्र नम्बर ५ हाल क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भिडेका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा चौधरीलाई पराजित गर्ने एमालेका केन्द्रीय सदस्य बलविर चौधरी सभानुपातिकतर्फ उम्मेदवार छन् । चौधरी प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका अच्युत मैनाली र फोरम–राजपा गठबन्धनका रामकिशोर यादवसँग चुनावी  प्रतिस्पर्धामा छन् ।
प्रदेशसभा १ (ख) बाट चुनावी मैदानमा रहेका राजपाका उपाध्यक्ष सरोज यादव जित दोहो¥याउने योजनामा छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यादव निर्वाचन क्षेत्र नम्बर १ मा सद्भावना पार्टीबाट विजयी बनेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनी कांग्रेसका रामअयोध्यासँग पराजित भएका थिए ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ बाट पहिलो संविधानसभा निर्वाचन जितेका राजपाका नेता जितेन्द्र सोनल जित दोहा¥याउन चुनावी मैदामा छन् । यसपालि सोनलले प्रदेशसभा ४ (ख) बाट चुनावी मैदानमा छन् ।

प्रकाशित: २ मंसिर २०७४ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App