८ वैशाख २०८१ शनिबार
अर्थ

१५ उत्कृष्ट करदाता सम्मानित

काठमाडौं- सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । आन्तरिक राजस्व विभागले छैटौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७३÷७४ मा पनि सबैभन्दा बढी १५ विधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो ।
सूर्य नेपाल प्रालि दोस्रोपटक सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीका रूपमा  सम्मानित भएको छ । सूर्य नेपाल अघिल्लो आर्थिक वर्ष पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मीले सूर्य नेपालका सञ्चालक रवी केसीलाई सम्मान गरे । व्यक्तिगत  आयकरमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा व्यवसायी सिद्धार्थशमशेर राणा सम्मानित भएका छन् । राणाले व्यक्तिगत आयकरतर्फ लगातार तीन वर्षदेखि सबैभन्दा धेरै कर तिर्दै आएका छन् । राणा ट्रेडिङ ,होटल, ऊर्जा, ट्राभललगायत विभिन्न व्यवसायमा छन् ।
निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता भर्सेन्ड टेक्नोलोजी प्रालि, विशेष उद्योगमध्ये हिमाल पावर लिमिटेड, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, बैंक तथा वित्तीय संस्था तथा लघुवित्तमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएका छन् । त्यसैगरी बढी आयकर तिर्नेमा बिमा व्यवसायमध्ये नेपाल पर्नुबिमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवामध्ये त्रियोग उच्च माध्यमिक विद्यालय प्रालि, सूचना प्रविधि सेवामा वल्र्डलिंक कम्युनिकेसन प्रालि, पर्यटनमा टाइगर टप्स प्रालि र व्यापार व्यवसायमा सिप्रदी ट्रेडिङ छन् ।
 साना करदाता (वार्षिक पाँच करोडसम्म कारोबारमा) डा. उपेन्द्र देवकोटा, मझौला करदाता (वार्षिक पाँच करोडदेखि ४० करोड रुपैयाँसम्म कारोबारमा) गोर्खा डेभलपमेन्ट बैंक नेपाल लिमिटेड, २०७४ मा मूल्य अभिवृद्धि करमा दर्ता भै समयमा कर बुझाउने करदातामध्ये पवनकुमार इन्टरनेसनल सम्मानित भएका हुन् । राजस्व विभागले उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरेको थियो ।

प्रकाशित: २ मंसिर २०७४ ०३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App