७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इमिरेट्सको विमान दुवई विमानस्थलमा दुर्घटनाग्रस्त, सवै यात्रु सकुशल

दुवई— भारतबाट आइरहेको इमिरेट्सको विमान अवतरणका क्रममा दुवई विमानस्थलमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

दुवईको सरहारी संचारम माध्यमले आफ्नो ट्विटर एकाउन्ट मार्फत विमानमा २ सय ७५ हवाइ यात्रु र २५ जना विमान कर्मचारीसहित ३ सय जना रहेको र उनीहरु सवै सकुशल रहेको जनाएको छ। भारतको क्रिभानर्दमबाट दुवईका लागि उडेको बोइङ ७७७ अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो।

विमानस्थलले ट्विटरमार्फत आफ्नो प्रमुख प्राथमिकता भनेको यात्रुको सुरक्षा रहेको जनाएको छ । साथै विमानस्थलले केही घण्टाका लागि आन्तरिक तथा बाह्य उडान रद्ध गरिएको जनाएको छ।

 

प्रकाशित: १९ श्रावण २०७३ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App