६ वैशाख २०८१ बिहीबार
राजनीति

पराजयको भयले हामीमाथि आक्रमण गरियोः रमेश महत

काठमाडौं- नुवाकोटमा अज्ञात समूहको बम आक्रमणमा परेका कांग्रेस नेताहरुले विपक्षीहरुले हारको बदला लिन बम आक्रमण गरेको बताएका छन् । कांग्रेसका जित सुनिश्चित भएपछि विपक्षीहरुले हार स्वीकार्न नसकेर बम आक्रमण भएको कांग्रेस नेताहरुको टिप्पणी छ ।
शुक्रबार निर्वाचन प्रचारप्रसारका क्रममा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार रहेका पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. रामशरण महत तथा सोही क्षेत्रको प्रदेश ख बाट उम्मेदवार रहेका रमेशकुमार महतलाई लक्षित गरेर एम्बुस विष्फोट गराइएको थियो ।
सोही प्रसंगमा शनिबार रेडियो नागरिकसँगको कुराकानीमा क्षेत्र नं. १ को प्रदेश खका उम्मेदवार रमेश महतले निर्वाचन हार्ने डरले आफूहरुलाई हत्या गर्न सुनियोजित आक्रमण भएको प्रतिक्रिया दिए । उनले उम्मेदवार लक्षित बम आक्रमण संवैधानिक मुल्यमान्यता विपरित भएको टिप्पणी गर्दै हिंसाबाट आएका शक्तिहरुले कहिल्यै राष्ट्रिहितका कामहरु गर्न नसक्ने भएकोले आत्तिएर द्वन्द्व फैलाउने काम गरिरहेको बताए ।
महतले सो क्षेत्रमा कांग्रेसले काम राम्रा कामहरु गरेको सोही कारण आगामी निर्वाचनमा राम्रो मत हासिल गर्ने विश्वास जनतामा भएकाले वाम गठबन्धनलगायतका पार्टीहरु आत्तिएको बताए । लोकतन्त्रको रक्षाका लागि जनताको मत जितेर अघि जान जरुरी उनले बताए । महतले भने, ‘नेपाली कांग्रेसको सिद्धान्त नै शान्तिपुर्ण ढंगले राजनीति गर्ने र जनताको अभिमतमा विश्वास गर्ने हो ।’                     
महतले विपक्षीहरुले निर्वाचनमा पराजित हुने भयले उम्मेदवार र मतदातालाई आतंकित पार्ने काम गरिरहेको बताए । महतले कांग्रेसप्रति जनताको लगाव र मायाबाट विरोधीहरु आत्तिएर निर्वाचनलाई विथोल्ने गतिविधिमा सकिय भएको तर्क गरे ।
निर्वाचनलाई भयरहित वातावरणमा सफल पार्न सुरक्षा निकायले गम्भिर चासो दिनुपर्ने र समयमै सुरक्षा व्यवस्था बलियो बनाउनुपर्नेमा महतले जोड दिए । उनले भने, ‘देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारहरुले शान्तिपुर्ण रुपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताको भयरहित वातवरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारलाई विपक्षीहरुले कुण्ठित गर्न खोजिरहेका छन् ।

प्रकाशित: २ मंसिर २०७४ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App