काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने मंसिर १० र २१ गते दुई दिन सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । पहिलो चरणअन्तर्गत निर्वाचन हुने ३२ जिल्लामा मंसिर १० गते र दोस्रो चरणअन्तर्गत निर्वाचन हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिन आयोगले शुक्रबार सरकारसँग आग्रह गरेको हो ।
मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश सरकारी कर्मचारी निर्वाचन सञ्चालन एवं व्यवस्थापनमा खटिने जनाउँदै आयोगले उक्त दिन सरकारी कार्यालय, अद्र्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिन गृह मन्त्रालयलाई पत्र पठाई आग्रह गरेको छ ।
यस्तै आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक बिदा दिन समेत सरकारसँग आग्रह गरेको छ ।
‘निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान हुने दिनभन्दा तीन दिनअगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्याम्पसमा दुवै चरणको निर्वाचनमा चार–चार दिन बिदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो,’ निर्वाचन अयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत