coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेमकिपाको घोषणापत्र सार्वजनिक

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ । भारतीय दलाल र भ्रष्टाचारीहरूलाई हराऔं भन्ने मूल नाराका साथ विज्ञप्तिमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।
 घोषणापत्रमा स्थानीय तह र प्रदेश सरकारहरूबाटै नमुना विद्यालय, कलेज र विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने पार्टीको उद्देश्य रहेको उल्लेख छ । ठूला दलका घोषणापत्रलाई जनताले ‘महŒवाकांक्षी’ र ‘आश्वासनको पोको’ को संज्ञा दिएका बेला नेमकिपाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले आफ्ना मतदातालाई घोषणापत्रमाथि छलफल र अन्तक्र्रिया गरेर सुझाव दिन आग्रह गरेको छ ।

 

प्रकाशित: २ मंसिर २०७४ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App