coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजपाको घोषणापत्रमा वामपन्थी गठबन्धनको आलोचना

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लोकतन्त्रविरोधी र सत्ता प्राप्त गर्नका लागि गठन भएको भन्दै वाम गठबन्धनको आलोचना गरेको छ ।
राजपाले तयार गरेको घोषणापत्र मंसिर ५ गते सार्वजनिक हुने सम्भावना रहेको राजपा उपाध्यक्ष वृषेशचन्द्र लालले बताए । घोषणापत्र सार्वजनिक गर्न राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर मंसिर ४ गते काठमाडौं आउने भएका छन् । राजपाले २५ पानाको विस्तृत घोषणापत्र र ४ पानाको संक्षित  घोषणापत्र तयार गरेको छ । घोषणापत्रमा एमालेलाई संविधानविरोधी शक्ति र माओवादी केन्द्रलाई आफ्नो मुद्दा छाडेर एमालेसँग गठबन्धन गरेको आरोप लगाइएको छ ।
चुनावी साझेदार दल संघीय समाजवादी फोरमको आलोचना नगरिएको घोषणापत्रमा कांग्रेस लोकतन्त्र पक्षधर शक्ति भए पनि कांग्रेसको नेतृत्वमा विभेदकारी संविधान जारी भएको जनाइएको छ । संविधान संशोधन पार्टीको मूल अजेन्डा भएको उल्लेख भएको घोषणापत्रमा अहिलेको अवस्थामा लोकतान्त्रिक शक्तिलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रकाशित: २ मंसिर २०७४ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App