coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डेंगु प्रभावित क्षेत्रमा विशेष शिविर

रौतहट-  डेंगुबाट अत्यन्त प्रभावित भनिएको रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईमा डेंगुसम्बन्धी एक दिवसीय विशेष शिविर सम्पन्न भएको छ। जिल्ला अस्पताल रौतहटको आयोजना तथा चन्द्रपुर अस्पतालको व्यवस्थापनमा पौराईमा गरिएको विशेष शिविरमा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । दुई रेडियोलोजिस्ट, दुई ल्याब असिस्टेन्ट र एकजना डाक्टरसहितको टोलीले परीक्षण गर्दा महामारी फैलिएको भनिएको गाउँमा जम्मा दुईजनामा मात्र डेंगुको जीवाणु देखिएको कार्यक्रमका फोकल पर्सन नन्देरश्वर चौधरीले बताएका छन्।

३१ जनालाई डेंगु रोग लागेको आशंका गरिएकोमा स्वास्थ्य चौकी पौराईमा परीक्षण गर्दा दुई जनामा मात्र देखिएकोले दर्जनौँलाई रोग लागेर महामारी फैलिएको भन्ने हल्ला निराधार साबित भएको चौधरीले बताएका छन् । चन्द्रपुर अस्पतालका डा. अभिनन्दन श्रीवास्तवको नेतृत्वमा स्वास्थ्यकर्मीको एक टोली परीक्षण सहितको सामग्री सहित अत्यधिक प्रभावित भनी प्रचारित पौराईमा परीक्षण गर्दा बिरामी भनिएकाहरुमा टाइफाइड, कमजोरी, ढाड दुख्ने जस्ता समस्या देखिएको फोकल पर्सन चौधरीले बताए।

गत हप्ता अन्य असाध्य रोगका कारण डेंगु प्रभावित एकजनाको भरतपुर अस्पतालमा मृत्यु भएपछि स्थानीयमा निकै त्रास देखिएको थियो । डेंगुको संक्रमण धेरैमा नभए पनि सतर्क भएर बस्न सबैलाई स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्।

प्रकाशित: १ मंसिर २०७४ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App