७ वैशाख २०८१ शुक्रबार
समाज

पर्वतको पञ्चासेमा बस दुर्घटनामा, एक यात्रुको मृत्यु, ३० बढी घाईते (अपडेट)

सन्तोष पोखरेल/ छविलाल तिवारी

पर्वत-  सतबिज छरेर फर्किंदै गरेका यात्रु चढेको बस दुर्घटनामा परेको छ। पञ्चासेमा आज सतबिज छरेर फर्केका यात्रु बोकेको ध१ख ८७ नम्बरको बस कास्की र पर्वतको सिमाना पञ्चासे भञ्ज्याङ नजिकै दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो। दुर्घटनामा परि ३० भन्दा बढी यात्रु सख्त घाईते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पोखरा मालेपाटन निवासी ३२ बर्षिय दिपक गुरुङकको निधन भएको आर्थरडाडाखर्कबाट स्थानीय मनोज गुरुङले जानकारी दिए।

पर्वत प्रहरी अहिले घटनास्थलतर्फ लागेको छ। जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले केही यात्रु हताहत भएको सूचना आएको र प्रहरी टोलीलाई घटनास्थलतर्फ खटाएको जानकारी दिए।

उद्धारमा खटिएको प्रहरीका सइ भरतप्रसाद पौडेलका अनुसार पञ्चासेबाट आर्थरका लागि छुटेको यात्रुबाहक बस पञ्चासे नजिकैको भीरबाट खसेको थियो । कुश्मा नगरपालिका–१४ मा दिउँसो ४ बजेतिर भएको उक्त दुर्घटनाम मृत्यु हुने यात्रुको परिचय खुलेको छैन । घाईते अवस्था गम्भिर रहेको उनले बताए ।

उनका अनुसार घाईते मध्ये अधिकांशको हातखुट्टा, टाउकोमा निकै नै गहिरो चोट लागेको छ । ती मध्ये २० जना जति घाइते यात्रुलाई थप उपचारका लागि ३ वटा जीपमा चढाएर पोखरा पठाईएको उनले बताए । ‘सतबिज छरेर फर्कदै गरेका आर्थर र पोखराका यात्रु चढेको बस दुर्घटनामा परेको हो,’ उनले भने । उनका अनुसार बस भीरबाट करिब १ सय ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित: १ मंसिर २०७४ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App