काठमाडौं— मुलुक संघीय प्रणालीमा गएपछि हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिक आइरहेको छ। मंसिर १० र २१ गते हुने आम निर्वाचनपछि मुलुक पूर्ण व्यवहारिक रुपमै संघीय ढाँचामा जाँदैछ। यो निर्वाचनमा कसरी मतदान गर्ने त?
यो पटकको निर्वाचनबाट मतदाताले संघीय प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य छान्न भोट खसाल्नु पर्ने हुन्छ। मतदाताले बहुमतीय प्रणालीबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मतदान गर्नुपर्छ। बहुमतीय प्रणालीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई मतदान गर्न छुट्टा छुट्टै रंगका दुई मतपत्र हुनेछन्।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि दलहरुको चुनाब चिन्हमा मतदान गर्नुपर्नेछ। रातो रंगको यो मतपत्र प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै हुनेछ।
पहिलो मतपत्र
मत खसाल्ने बेलामा मतदाताले सबैभन्दा पहिले हरियो रंगको मतपत्र पाउनेछन्। हरियो मतपत्र पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य चयनका लागि हो। मतपत्रमा भएमध्ये कुनै एउटा निर्वाचन चिन्हमा मात्र मतदाताले स्वस्तिक चिन्ह लगाउनु पर्नेछ।
दोस्रो मतपत्र
निर्वाचन अधिकृतले दोस्रो मतपत्र कालो रंगको दिनेछन्। यो मतपत्र बहुमतीय प्रणालीबाट प्रदेश सभा सदस्य चयन गर्नका लागि हुनेछ। यो मतपत्रमा भएका भएमध्ये एउटा निर्वाचन चिन्हमा मात्र मतदाताले स्वस्तिक चिन्ह लगाउनु पर्नेछ।
तेस्रो मतपत्र
अन्तिममा मतदाता रातो रंगको मतपत्र पाउनेछन्। यो मतपत्र प्रतिनिधि सभा तथा प्रदेश सभा समानुपातिक प्रणाली निर्वाचित हुनेहरुका लागि हो। यसमा राजनीतिक दलको एउटा मात्र चुनाब चिन्हमा स्वस्तिक चिन्ह लगाउनु पर्नेछ।
मतदान कसरी गर्ने? भिडियो हेर्नुहोस्
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत