coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माधव नेपालले पुष्पकमल दाहाललाई 'विष वृक्ष'को जवाफ यसरी दिए

काठमाडौं-  अहिले नेकपा एमाले र माओवादी केन्द्र चुनावी गठवन्धनमा छन्। चुनाव पछि पार्टी एकता सम्मको कुरा चलेको छ। गठवन्धन अघि दुई पार्टीका नेता कार्यकर्ता एक अर्काका कटु आलोचक थिए। कनै प्रसंगमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई 'विष वृक्ष' रोपेको बताएका थिए। पहिलो संविधान सभामा निर्वाचनमा पराजय व्यहोरेका नेपाललाई आफ्नो पहलमा संविधान सभामा मनोनित गरेर प्रधानमन्त्रीसम्म हुने वातावरण बनाए पनि उनी आफु अनुकुल नभएको भन्दै नेपाललाई विष वृक्ष रोपेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।

दाहालले उक्त अभिव्यक्ति दिएको झण्डै दशक पुग्न लाग्दा नेता नेपालले नागरिकन्युजसँगको अन्तर्वार्तामा 'विष वृक्ष' प्रसंगबारे आफ्नो प्रतिक्रिया दिएका छन्। नेपालले भनेका छन्, 'सबैको हेर्ने नजर एउटै हुँदैन। फूलको आँखामा फूलै संसार, कांडाको आँखामा काँडै संसार।' उनले आफुले काँडालाई सम्झन नचाहेको र यो फूलको विरुवा भएको बताए। नेपालले गुलावलाई सम्झने तर त्यसको काँडालाई नसम्झने भन्दै दाहालसँग गठवन्धनमा रहेको बताए। पूर्ण अन्तर्वार्ताको लागि प्रतिक्षा गर्नुहोस् ।

प्रकाशित: १ मंसिर २०७४ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App