८ वैशाख २०८१ शनिबार
समाज

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

भक्तपुर – महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। 

सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षीय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

उक्त मोटरसाइकल काठमाडौँ २० भीमसेनस्थानबाट चोरी भएको अनुसन्धानको क्रममा खुल्न आएको र दुवै मोटरसाइकल तथा पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको प्रहरी प्रभाग भक्तपुरले जनाएको छ। 

प्रकाशित: १ मंसिर २०७४ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App