coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राप्रपाका नेता काँग्रेसमा प्रवेश

ललितपुर –राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ललितपुर क्षेत्र नं– १ का अध्यक्ष प्रकाशबहादुर खत्री नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। 

काँग्रेसद्वारा बिहीबार बेलुका आयोजित नव आगन्तुकलाई पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष खत्री विधिवत् रुपमा पार्टीमा प्रवेश गरेको बताइएको छ। खत्रीसमेत ४० जना राप्रपाका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको सो क्षेत्रमा काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताए। 

त्यस्तै गोदवारी नगर कार्यसमितिका नेकपा एमाले निकट युथ फोर्सका नेता सुरेश थापामगरसहित २० जना काँग्रेसमा प्रवेश गरेको उनले बताए। 

सो अवसरमा अर्थराज्यमन्त्री शम्शेरले संविधानको रक्षार्थ र कार्यान्वयनका लागि मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताउँदै संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेसको जित आवश्यक भएको धारणा व्यक्त गरे।
 
कार्यक्रममा पार्टी प्रवेश गरेका राप्रपा नेता खत्रीले लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि आफू काँग्रेसमा प्रवेश गरेको बताए । 

प्रकाशित: १ मंसिर २०७४ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App