coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

पाल्पा – पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रुपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन्। 

गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली–१, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करुपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन्। 

गाउँपालिकालाई प्रदान गरिएको ढुंगाना परिवारको पाँच रोपनी जग्गा बगनासकाली गाउँपालिका बैठकले लिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिए। 

यसैबीच, बगनासकाली सामुदायिक रेडियो स्थापनाका लागि वडाध्यक्ष थानेश्वर तिमिल्सिनाको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ। 

एफएम रेडियो सञ्चालनका लागि अध्ययन र तयारीका लागि गाउँपालिकाले यसअघि नै रु १५ लाख बजेट विनियोजन गरेको थियो। 

गाउँपालिकाका अनुसार खानीछाप बर्थिङ सेन्टर, बराङदीको शिवासन मन्दिर, खानीगाउँको वडा कार्यालय, पोखराथोकको धारापानी र बगनासडाँडाको कोटघरमा सार्वजनिक शौचालय निर्माण गरिने अध्यक्ष बस्यालले जानकारी दिए। 

प्रकाशित: १ मंसिर २०७४ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App