coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

बेनी – म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ। बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए।

उनका अनुसार शंका लागेपछि नेपाल बैंकको नोट परीक्षण गर्ने मेसिनबाट परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको हो। उक्त नक्कली नोटको संकेत नम्बर ९च२५० ४३६१३३ रहेको छ । केही महिनाअगाडि रु ५०० को नोट भेटिए पनि एक हजारको नक्कली नोट पहिलोपटक बजारमा भेटिएकाले नक्कली नोटको गिरोह जिल्लाभित्र नै हुनसक्ने अनुमान गरिएको छ । विगतमा बेनी अस्पतालमा समेत रु ५०० को नक्कली नोट भेटिएपछि अनुसन्धान गरिएको थियो। 

गत स्थानीय तहको निर्वाचन आसपासको समयमा समेत नक्कली नोट भेटिएका थिए। निर्वाचनको प्रयोजनका लागिसमेत नोटको प्रयोग भएको हुनसक्ने सम्भावना देखिएको छ। 

भीडभाडमा यस्ता नोटहरुको कारोबार हुनसक्ने भन्दै प्रहरीले जानकारी गराउनसमेत अनुरोध गरेको छ। बेनीबजारसँगै ग्रामीण क्षेत्रसम्म नक्कली नोटको प्रयोग हुनसक्ने भन्दै नोट खरिद–बिक्री गर्दा सक्कली र नक्कली नोटको पहिचान गर्नसमेत प्रहरीले अनुरोध गरेको छ। 

प्रकाशित: १ मंसिर २०७४ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App