८ वैशाख २०८१ शनिबार
समाज

भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति

भोजपुर – भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा बिहीबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ। 

आमचोक गाउँपालिकाको दुम्मानाका खड्गबहादुर चौहानको घरमा आगलागी भएको हो। घर नजिकै रहेको गाईको ग्वालीबाट गाईवस्तुलाई खोले पकाउने क्रममा सल्केको आगोले चौहानको घरमा रहेको सुन, नगद, अन्नपात, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जल्दा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

दक्षिणी क्षेत्रको विकट गाउँमा आगलागी भएकाले आगो नियन्त्रणमा कठिन भएको थियो । आगलागी करिब २ घण्टापछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए। 

प्रकाशित: १ मंसिर २०७४ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App