सरकारले आचारसंहिता विपरित लाखौँ बाँडेको नेता रावलको आरोप

बिहिबार, ३० कार्तिक २०७४, २० : २६ नागरिक

अछाम – नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन्।
 
रामारोशन गाउँपालिका वडा नं २ चाफामाण्डौँमा वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता रावलले निर्वाचनलाई असर पर्ने विभिन्न गतिविधि भइरहे पनि सरकार मौन रहेको र वाम गठबन्धन भएपछि अत्तालिएर नेपाली काँग्रेसले गठबन्धनविरुद्ध विभिन्न षड्यन्त्र गरिरहेको दोषारोपण गरे।
 
पूर्वउपप्रधानमन्त्री रावलले अर्को प्रसङ्गमा पर्यटकीयस्थल अछामको रामारोशन क्षेत्रको विकासका लागि आफूले सधैँ अग्रमोर्चामा रहि भूमिका खेलिरहेको जिकिर गरे। 

सभामा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं समानुपातिक उम्मेदवार तारामान स्वारले अब देश चलाउने पालो वाम गठबन्धनको हो भने। 








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad