७ वैशाख २०८१ शुक्रबार
राजनीति

विप्लवका चार कार्यकर्ता पक्राउ

भोजपुर – निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता पक्राउ परेका छन् । पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् प्रदेश सभा (ख)का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि उनीहरू प्रक्राउ परेका हुन् । चुनाव विरोधि गतिविधि हुन सक्ने आशंकामा प्रहरीले विहीबार भोजपुरका विभिन्न स्थानबाट उनीहरूलाई प्रक्राउ गरेको हो।  

टेम्केमैयुँ गाउँपालिका वडा नं २ छिनामखुबाट लोकबहादुर विष्ट षडानन्द नगरपालिका २ कुदाककाउलेबाट दुर्गा भट्टराई षडानन्द नगरपालिका १० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई प्रक्राउ गरेको हो । पक्राउ परेका पराजुली नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष र विष्ट सचिव हुन् । यस्तै दुर्गा भट्टराई राष्ट्रिय युवा जन स्वयम्सेवकका जिल्ला सदस्य र राई स्थानीय स्वाथ्यचौकीका कर्मचारी हुन् । उनीहरूलाई निर्वाचन विरोधि गतिविधि गर्न सक्ने भएकाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायव निरीक्षक गितनारायण चौधरीले बताए । 

आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टीले विज्ञाप्ति सार्वजानिक गर्दै भत्सना गरेको छ । जिल्ला शेक्रेटरी मादेन किरातीद्वारा जारी विज्ञाप्तीमा स्थानिय प्रशासनले निकृष्ट ढंगबाट आफ्ना शुवेच्छुकहरूमाथि धरपकट गरेको उल्लेख गरिएको छ । जिल्लामा उम्मेदवार र राजनीतिक दलहरुसँग छलफल गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । शेरधन राईसँग मात्र अङ्गरक्षक रहेकोमा बुधवारबाट थप पाँच जना उम्मेदवारलाई पनि अङ्गरक्षक उपलब्ध गराएको छ । 

प्रकाशित: ३० कार्तिक २०७४ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App