८ वैशाख २०८१ शनिबार
राजनीति

पशुपति सम्शेरको भोट माग्दै रेखा थापा

राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्सेरलाई भोट माग्न बिहीबार साँगाचोक माझी गाउँ आएकी नायिक रेखा थापा बालबालिकासँग। तस्विरः ध्रुव

माझीगाउँ (सिन्धुपाल्चोक)— चर्चित नायिक रेखा थापा बिहीबार साँगाचोक, भीमटारस्थित पिछडिएका अल्संख्यक समुदाय माझी गाउँमा भेटिइन। पर्दामा देखिइरहने उनलाई प्रत्यक्ष भेटेपछि स्थानीय माझी समुदायका महिला र बालबालिकाले घेरिहाले। आदरपूर्वक नमस्ते गर्दै उनले महिलाहरुसँग भलाकुसारी गरिन्। सञ्चो, बिसञ्चो र गाउँका दुःख, सुख सोधिन्। स्थानीय केटाकेटीसँगै परिचय गर्दै पढाइबारे जानकारी लिइन्। 

अबिरल बहिरहने इन्द्रावती नदीको सुन्दर यो गाउँमा उनी फिल्म सुटिङका लागि आएकी होइनन्। केही समयका लागि फिल्मकर्म स्थगित गरेर उनी चुनावी अभियानमा आएकी हुन्। अभिनेतृबाट उनले महिला नेतृको परिचय पनि थपेकी छिन्। उनी राप्रपा (प्रजातान्त्रिक) कि सहमहामन्त्रीसमेत हुन्। उनका पार्टी अध्यक्ष पशुपतिसम्शेर राणा सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन्।

रेखाले भनिन्, ‘यस पटक पनि राणालाई हराए सिन्धुवासीलाई पाप लाग्छ!’ राति सुत्नुअघि राणाको विषयमा गम्भीर भएर सोच्न उनले मतदातासँग आग्रह गरिन्। 

त्यसैले नायिका थापालाई राणाको पक्षमा भोट माग्ने चटारो थपिएको हो। ‘लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रचार गर्न यहाँ आएकी हुँ,’ उनले नागरिकन्युजसँग भनिन्, ‘विशेष त हाम्रा अध्यक्ष (राणा) लाई जिताउने अभियानमा छु।’ माझी समुदायसँग भोट मागेपछि उनले राणाको पक्षमा देखिएको लहरले उत्साही भएको बताइन्। 

स्थानीय महिलाले गाउँमा खानेपानी र सिँचाइको धेरै दुःख रहेको गुनासो नायिका थापासँग सुनाए। उनको आगमनको खबरपछि विद्यालय नै खाली गरेर आएका विद्यार्थीले थापालाई घेर्दै विद्यालय भवन गतिलो नभएको दुःखेसो पाखे। ‘गाउँ तल इन्द्रावती बहिरहेको छ। विद्यालयमा पानी पिउन नपाइ काकाकुल हुन्छौँ,’ सेल्फी खिचाउँदै उनीहरुले थापासँग भने। 

महिला र बालबालिकाको दुःख सुनेर उनी केहीबेर खिन्न भइन्। उनीसँगै लोकतान्त्रिक गठबधन्का उम्मेदवार राणा र उनकै प्रतिनिधिसभा प्रदेश (क) का उम्मेदवार विकास तामाङ पनि थिए। थापाले दुवै उम्मेदवारका लागि भोट मागिन्। राजनीतिमा लागि नेतृत्व विकास गर्दै गरेकी उनले कोणसभालाई सम्बोधनसमेत गरिन्। 

आफ्ना उम्मेदवार राणाले ४२ वर्षदेखि सिन्धुपाल्चोकलाई राजनीतिक थलो बनाएर धेरै विकास भित्र्याएको जिकिर गर्दै उनले भनिन्, ‘यस पटक पनि राणालाई हराए सिन्धुवासीलाई पाप लाग्छ!’ राति सुत्नुअघि राणाको विषयमा गम्भीर भएर सोच्न उनले मतदातासँग आग्रह गरिन्। 

मतदातासँग भोट माग्दै र घरदैलो गर्दै उनी दिउँसो साँगाचोक भञ्ज्याङमा आयोजित गठबन्धनको सभामा भाग लिन पुगिन्। कम्युनिष्ट गढ मानिएका साँगाचोकमा सबै पार्टी समर्थक मतदाता, कार्यकर्ता उनीसँग सेल्फी फोटो खिच्न झ्याम्मिए। त्यसको सदुपयोग गर्दै उनले राणालाई भोट माग्न भ्याइहालिन्। 

सिन्धुपाल्चोकमा राणाले गरेको ‘विकास निर्माण र प्रगति सुनेर’ उनलाई प्रचारमा पहिलो प्राथमिकता दिएको बताइन्। अन्य जिल्लामा समेत पार्टीका उम्मेदवारको पक्षमा भोट माग्न पुग्ने उनको योजना छ। यसअघि उम्मेदवारी मनोनयन दर्ताको क्रममा समेत उनी राणासँगै चौतारा आएकी थिइन्। राणा दसौँ पटक सिन्धुपाल्चोकबाट चुनावी मैदानमा छन्। राष्ट्रिय पञ्चायतका चार र २०४६ पछिका तीन संसदीय निर्वाचन जितेका राणा अघिल्लो दुवै संविधानसभा तत्कालीन निर्वाचनमा क्षेत्र नं. ३ बाट पराजित भएका थिए । 

अघिल्ला दुवैै निर्वाचनमा उनको पक्षमा भोट माग्दै राणापुत्री देवीयानी राणा आइपुगेकी थिइन्। देवीयानी यो पटक नेपालमा छैनन्। गठबन्धन कांग्रेसका नेताले भने चुनावी प्रचारमा उनलाई समेत ल्याउन आग्रह गरिरहेका छन्। राणालाई भोट माग्दै शुक्रबार ठूलो सिरुवारीका अर्को माझी गाउँमा नायिक स्वेता खड्का आउने गठबन्धनले जनाएको छ। 

प्रकाशित: ३० कार्तिक २०७४ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App