७ वैशाख २०८१ शुक्रबार
राजनीति

अबको ५० वर्ष नेपालमा कम्युनिष्ट सरकार : दाहाल

पर्वतको कुश्मामा बिहीबार बाम गठबन्धनले आयोजना गरेको चुनाबी सभाका सहभागी।

पर्वत— नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको ५० वर्ष नेपालमा कम्युनिस्टले शासन गर्ने बताएका छन्। ‘हामी कम्युनिष्ट नमिल्दा काँग्रेसले ३५-४० बर्ष सत्ता केन्द्रित भयो अब कम्युनिष्ट बनेपछि हामीले ५० वर्ष मुलुक चलाउछौ’, एमालेसँगको पार्टी एकीकरणको प्रसङ्गमा उनले भने। 

कम्युनिष्टहरु टुक्रा टुक्रामा विभाजित हुँदा काँग्रेसले अवसर पाएको उनको भनाइ थियो।

नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने प्रयास गरेपछि मदन भण्डारीको हत्या भएको दाबी गरेका छन्। बामगठबन्धनले यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू र भण्डारीबीच वार्ता तय भएको आठ दिनपछि भण्डारीको हत्या भएको बताए। 

जम्मा १५ मिनेट सम्बोधन गरेका ओलीले पर्वतमा पनि रेल ल्याउने र रेलको स्टेशन राख्ने भन्न छुटाएनन्। उनले पर्वतका बामगठबन्धनका उम्मेदवारलाई जिताएमा पर्वतको विकासको जिम्मा आफुले लिने दाबी गरे।

‘०५० साल जेठ ११ गते म र एमालेका तत्कालिन महासचिव मदन भण्डारीबिच वार्ता गर्ने सबै तयारी भएको थियो’ प्रचण्डले भने–‘तर, जेठ ११ गते आउनै पाएन, ३ गते मदनजीको हत्या भयो ।’ उनले मदन भण्डारीसँग वार्ता गर्ने घर र त्यहाँ बस्दा खाने खानाको परिकारको समेत टुंगो लागिसकेको बताए । 

‘म तत्कालिन एकता केन्द्रको महासचिव थिए, मदनजी एमालेको महासचिव हुनुहुन्थ्यो, अब हामी फरक–फरक ठाउँमा हुनुभन्दा दुबै पार्टीको धारा समेटेर शक्तिशाली कम्युनिष्ट बनाउने सहमति भएको थियो’ उनले भने–‘हामीले वार्ताको घर टुंग्याएका थियौ, के खाना खाने भन्ने टुग्याएका थियौ, दुर्भाग्य त्यो दिन आउनै पाएन।’ 

उनले नेपालमा दक्षिणपन्थी शक्तिले कम्युनिष्टलाई मिल्नै नदिने षडयन्त्र गर्दै आएको भन्दै चुनावपछि एमालेसँग एकता गर्ने दाबी गरे। चुनाव नजिकिदा एकताको प्रक्रियामा लाग्न समय कम भएको भन्दै प्रचण्डले नेपालमा शक्तिशाली कम्युनिष्ट शक्ति भएरै छाड्ने बताए।

‘देउवाजी संसदमा आफु प्रधानमन्त्री हुँदा मलाई प्रचण्डजी राजनेता हुनुभयो भनेर भन्नुभयो’ प्रचण्डले देउवाप्रति कटाक्ष गर्दै भने–‘राजनेताबिरुद्ध उम्मेदवार उठाएपछि देउवाजीलाई म त्यो संसदमा भनेको राजनेता शब्द फिर्ता लिन आग्रह गर्छु।’ काँग्रेसले आफुलाई समर्थन गर्नुपर्ने धारणा राख्दै दाहाले भने–‘राप्रपाको हलोलाई सहयोग गरेकोमा मलाई दुःख लागेको छ।’

स्थिर सरकारका लागि पार्टी एकता : ओली

कपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारका लागि पार्टी एकता गर्न लागिएकोले कोही नआत्तिन आग्रह गरेका छन्। बामगठबन्धनले बिहिबार कुश्मामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले चुनावपछि कम्युनिष्टको स्थिर सरकार बन्ने बताए। 

छ-छ महिनामा सरकार फेरिदा विकासका सपना पुरा हुन नसकेको ओलीले बताए। उनले विकासका सपना पुरा गर्न पाँच बर्षको स्थायी सरकार आवश्यक परेकोले एमाले र माओबादी केन्द्रले गठबन्धनसँगै पार्टी एकतासम्मको योजना बनाएको बताए । चुनावमा जुट्नुपर्दा समय नभएको भन्दै चुनावलगत्तै पार्टी एकता गर्ने ओलीले दाबी गरे। 

‘चुनावअघि पार्टी एकता गर्न भ्याइएन, त्यसैले चुनाव लगत्तै पार्टी एकता हुन्छ’ उनले भने–‘को अध्यक्ष बन्ने, को प्रधानमन्त्री बन्ने, को राष्ट्रपति बन्ने कुरा टुंगिइसकेको छ ।’ उनले पदको विषयमा टुंगिएपनि अन्य पदका विषयमा खुलस्त पारेनन्।

जम्मा १५ मिनेट सम्बोधन गरेका ओलीले पर्वतमा पनि रेल ल्याउने र रेलको स्टेशन राख्ने भन्न छुटाएनन्। उनले पर्वतका बामगठबन्धनका उम्मेदवारलाई जिताएमा पर्वतको विकासको जिम्मा आफुले लिने दाबी गरे। उनले राप्रपा पर्वतका नेता इश्वर गिरीसहित आधा दर्जनलाई प्रवेश गराएका थिए।

प्रकाशित: ३० कार्तिक २०७४ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App