४ वैशाख २०८१ मंगलबार
राजनीति

नमूना मतदान अभ्यासमा उम्मेदवार

जुम्ला – नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगी मंसिर १० गते हुने प्रदेश सभाको निर्वाचनका प्रत्यक्ष तर्फका उम्मेदवार हुन् । बिहीबार चुनाव प्रचार प्रसार छाडेर उनी सदरमुकामस्थित स्नोल्याण्ड होटलमा भएको नमूना मतदान केन्द्रमा मतपत्र लिएर मत हाल्ने प्रक्रिया सिक्न व्यस्त थिए ।

'गाउँ केन्द्रित प्रचार प्रसारलाई छाडेर नमूना मतदानमा भाग लिन सदरमुकाममा छु,'उनले भने,'गाउँका मतदाता अलमलमा परेको बेला निर्वाचन कार्यालयले गरेको नमूना मतदान निकै सान्दर्भिक छ।' मतदान प्रक्रिया, मतगणना र मतदाताको सुरक्षा लगायतका विषयमा वुझ्नको लागि नमूना मतदान अभ्यासमा पुगेको बताए ।


 

प्रकाशित: ३० कार्तिक २०७४ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App