७ वैशाख २०८१ शुक्रबार
समाज

प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

बोन (जर्मनी)– जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिइरहेका वातावरण सचिव डा. विश्वनाथ ओलीलाई प्रधानमन्त्री कार्यालयले कार्यसम्पादन चित्त बुझ्दो नभएको उल्लेख गर्दै फिर्ता बोलाएको छ । कात्तिक २० गतेदेखि सम्मेलनमा भाग लिइरहेका डा. ओली बिहीबार यहाँबाट फिर्ता जादैछन्।

उनलाई जनसंख्या तथा वातावरण मन्त्रालयबाट पशुपंक्षी मन्त्रालयमा सरुवा गरेर फिर्ता बोलाइएको हो। स्रोतका अनुसार वातावरण मन्त्री मिथिला चौधरीले सचिव डा. ओलीको कार्यसम्पादनप्रति प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गुनासो गरेकी थिइन्।

सम्मेलनमा भाग लिन आउने बेलामा परराष्ट्र मन्त्रालयले अनुमति नदिएपछि मन्त्री चौधरीले प्रधानमन्त्री देउवालाई गुहारेकी थिइन।

डा. ओलीले आफ्नो कारणले मन्त्रीलाई अप्ठेरो नभएको दाबी गर्छन् । उनले बोनस्थित बुला जोन–१ सम्मेलन केन्द्रमा नागरिकन्यूजसँग भने, ‘सुरुमा संचार सचिव केदार अधिकारी पनि आउने कुरा थियो । पछि उहाँले अन्तिम समयमा नआउने भन्नुभयो । अधिकारीको रद्द गरेर त्यो कोटामा अर्को प्रतिनिधी थप्दा समय लागेको होला ।’

‘प्रधानमन्त्रीले सिधै परराष्ट्र सचिवलाई भनेपछि मात्र मन्त्रीले अनुमति पाएकी हुन’, स्रोतले भन्यो, ‘यो सबै सचिव ओलीले व्यवस्थापन गर्न नसकेर भएको हो भन्ने बुझाईले गर्दा ओलीलाई वातावरणबाट सरुवा गरेर फिर्ता बोलाइएको हो।’

मन्त्री चौधरी मंगलबार साँझ बोन आइपुगेकी छिन् । उनको व्यवस्थापन बोनका बाणिज्यदूत राम थापाले गरेका छन् । ‘वातावरण मन्त्रालयले गरेको व्यवस्थापनको भर नपरेर उहाँ वाणिज्य दूतकोमा बस्नु भएको छ’, स्रोतले भन्यो ।

डा. ओलीले आफ्नो कारणले मन्त्रीलाई अप्ठेरो नभएको दाबी गर्छन् । उनले बोनस्थित बुला जोन–१ सम्मेलन केन्द्रमा नागरिकन्यूजसँग भने, ‘सुरुमा संचार सचिव केदार अधिकारी पनि आउने कुरा थियो । पछि उहाँले अन्तिम समयमा नआउने भन्नुभयो । अधिकारीको रद्द गरेर त्यो कोटामा अर्को प्रतिनिधी थप्दा समय लागेको होला ।’

डा. ओली फर्किएपछि प्रशासन तर्फको नेतृत्व वातावरण मन्त्रालय जलवायु परिवर्तन महाशाखाका प्रमुख रामप्रसाद लम्सालले गरिरहेका छन् । ‘मन्त्री चौधरी र परराष्ट्र मन्त्रालयले समेत ओलीको कार्यसम्पादन र भ्रमणमा देखिएको लापरवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको छ’, स्रोतले भन्यो । परराष्ट्रले पनि एक जना पदाधिकारीलाई आफ्नो मन्त्रालयबाट प्रतिनिधित्व गराइदिन सचिव ओलीलाई आग्रह गरेको थियो । तर ओलीले त्यसको सुनवाई नगरेपछि परराष्ट्र मन्त्रालय पनि रुष्ट भएको हो ।  

डा. ओलीले आफु खुसी व्यक्तिहरुलाई सम्मेलनमा भाग लिने वातावरण तयार गरेपछि मन्त्री उनीप्रति रुष्ट थिइन । र, डा. ओलीकै पहलमा लेखा प्रमुख कमानसिंह खत्री र प्रशासनका शम्भु थपलिया समेत सम्मेलनमा भाग लिइरहेका छन् । जलवायु परिवर्तनसँग सरोकार राख्ने वरिष्ठ पदाधिकारीलाई छोडेर कनिष्ठलाई समेत सरकारी टोलीमा सहभागी गराइएको छ । यसरी आउनेमा मनोज ओझा पनि छन् । सचिव ओलीले आफु खुसीका व्यक्तिलाई सरकारी टोलीमा ल्याउन विदेशी संघसंस्थाबाट स्रोत जुटाइदिएका थिए । 

मन्त्री चौधरीले वातावरण सचिव ओली, जलवायु परिवर्तन महाशाखा प्रमुख रामप्रसाद लम्साल र नीजि सचिव सुरेश खनालको भ्रमण मात्र स्वीकृत गरेकी थिइन । तर सरकारी टोलीमा करिब १५ जना छन् ।

बाँकी क¬–कसले भाग लिइरहेका छन भन्नेबारे मन्त्री समेत अनभिज्ञ छिन् । सहभागी अधिकांश प्रतिनिधि जलवायु परिवर्तनसँग सम्बन्धित छैनन । तरपनि उनीहरु विभिन्न मुद्दाहरुबारे भइरहेका छलफलमा भाग लिइरहेको डा. ओलीले जानकारी दिए । सम्मेलनको सहभागीतालाई लिएर काठमाडौमा भएका मन्त्रालयका पदाधिकारीहरु पनि ओलीप्रति रुष्ट छन् ।

त्यसो त डा. ओलीले तत्कालिन मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीको निर्देशनमा संघीय संरचनाको खाका तयार भइरहेका बेला हतारहतारमा ‘जलवायु वित्त व्यवस्थापन शाखा’ खारेज गरेका थिए । उनकै पहलमा उक्त शाखा खारेज गरेर जलवायु प्रविधि प्रचारप्रसार शाखा बनाइयो थियो । शाखा प्रमुखको कृषि अर्थ विज्ञ पद खारेज गरेर कृषि विज्ञ पद सिर्जना गरिएको थियो।

 

 

 

प्रकाशित: ३० कार्तिक २०७४ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App