८ वैशाख २०८१ शनिबार
समाज

मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट- बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 


बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नंं ६ बेतपानीतर्फ आइरहेको बा४ख ८१७२ नंं को मिनीट्रक दुर्घटना हुँदा ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए। 

आवास निर्माणको सामग्री लिएर बेतपानीतर्फ आउन लागेको गाडी कच्ची सडकको मोहडामा दुर्घटना हुँदा १५० मिटर तल पुगेको थियो । दुर्घटनाको समयमा गाडीमा चालकमात्र रहेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

प्रकाशित: ३० कार्तिक २०७४ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App