coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अस्ट्रेलिया र डेनमार्कको टिकट पक्का

सिड्नी- कप्तान मिली जेडिनाकको ह्याट्रिकप्रेरित अस्ट्रेलियाले बुधबार होन्डुरसलाई ३–१ ले पराजित गर्दै सन् २०१८ को रूस विश्वकपको टिकट काटेको छ ।
गत साता होन्डुुरसको घरेलु मैदानमा सम्पन्न अन्तरमहादेशीय छनोटको पहिलो लेगमा गोलरहित बराबरी खेलेको अस्ट्रेलियाले दोस्रो लेगमा हात पारेको जितपछि समग्रमा ३–१ को नतिजाका साथ विश्वकपमा स्थान पक्का गरेको हो ।
५४औं मिनेटमा मिडफिल्डर जेडिनाकले गरेको  फ्रि–किक गोलमा  अस्ट्रेलियाले अग्रता लिएको थियो । ७२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका जेडिनाकले खेल सकिन ५ मिनेट बाँकी छँदा पुनः पेनाल्टीमा एक गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । होन्डुरसका बायर्न एकोस्टाले ह्यान्ड गर्दा पहिलो पेनाल्टीको अवसर पाएको अस्ट्रेलियाले वैकल्पिक खेलाडी रोबी क्रुजलाई विपक्षी खेलाडीले खराब फाउल गर्दा दोस्रो पेनाल्टीको अवसर पाएको थियो ।
७३औं अन्तर्राष्ट्रिय खेलमा जोडिनाकको यो १७औं गोल हो । ९०औं मिनेटमा होन्डुरसका अल्बर्थ इलिसले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।
यसै गरी क्रिस्टियन इरिक्सनको ह्याट्रिकप्रेरित डेनमार्कले मंगलबार दोस्रो लेगमा आयरल्यान्डमाथि ५–१ को सहज जित हात पार्दै सन् २०१८ को रूस विश्वकपमा स्थान पक्का गरेको छ ।
गत शनिबार सम्पन्न पहिलो लेगमा गोलरहित बराबरी खेलेको डेनमार्कले दोस्रो लेगमा जित हात पारेपछि विश्वकप टिकट काटेको हो ।
‘यो विशेष क्षण हो । हामीले विश्वकप सपना साकार पार्न धेरै मिहिनेत गरेका छांै,’ इरिक्सनले भने, ‘त्यो मिहिनेतले आज पूर्णता पाएको छ ।’
खेलको छैटांै मिनेटमा सेन डफले गरेको गोलमा आयरल्यान्डले अग्रता लिएको थियो । २९औं मिनेटमा आन्द्रियाज क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि इरिक्सनले गोल गर्दा डेनमार्क खेलमा अग्रता लिन सफल भयो ।
६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता बढाएका इरिक्सनले ७४औं मिनेटमा ह्याट्रिक पूरा गर्दै टोलीको अग्रता ४–१ मा पु¥याएका थिए । ९०औं मिनेटमा निकाल्स बेन्टनरले गरेको गोलमा डेनमार्कले ५–१ को सहज जित पक्का गरेको थियो ।
‘यो साँच्चै निराशाजनक नतिजा हो । हामी सबै पक्षमा कमजोर देखियौं,’ आयरल्यान्डका प्रशिक्षक मार्टिन ओनिलले भने, ‘अग्रता लिनाका बावजुद पहिलो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल खानु दुर्भाग्यपूर्ण बन्यो । त्यसपछि हामी खेलमा फर्किन सकेनांै । डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्दै हामीलाई पूर्ण रूपमा दबाबमा राख्यो ।’

प्रकाशित: ३० कार्तिक २०७४ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App