काठमाडौं- हेटौंडा टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपको तेस्रो संस्करणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले गर्ने प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, ए डिभिजनका तीन क्लब र एक विदेशी क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा गत वर्ष १० टोलीले भाग लिएका थिए । त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको दोस्रो संस्करण जितेको थियो । साढे दुई वर्षअघि गएको विनाशकारी भूकम्पमा परेर खेल पत्रकार भोम्जनको मृत्यु भएको थियो ।
भोम्जनको गृह जिल्ला हेटांैडामा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले सुमनको सम्झनामा खेललगायत अन्य सामाजिक काम गर्दै आएको छ ।
प्रतियोगितामा भारत वा भुटानी क्लबलाई आमन्त्रण गर्ने योजना रहेको प्रतियोगिता संयोजक विशाल घोषले बताए । खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हुन लागेको प्रतियोगिता पुस ८ देखि १५ सम्म चल्नेछ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गीले हेटौंडा गोल्ड कप नेपाली फुटबलको लोकप्रिय प्रतियोगिताको रूपमा परिचित हुँदै गएको बताए । खड्गीले भने, ‘फुटबल प्रतियोगिता गर्न धेरै चुनौती छन् । हेटांैडा व्यापारिक केन्द्र होइन । प्रायोजक पाउन कठिन छ । तर यहाँ फुटबलको लोकप्रियताले प्रतियोगिता गर्न हामी उत्साही छौं । विगतभन्दा थप राम्रो प्रतियोगिता गर्दै अगाडि बढ्ने कोसिस गरिरहेका छौं ।’
टुबर्ग, रेडबुलले प्रायोजन गरेको प्रतियोगितालाई टाटा सुमो गोल्डले सहप्रायोजन गरेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार, अनुशासित टिमले १० हजार, प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन् ।
प्रतियोगिताले सुमनको नामलाई अमर बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने घोषले बताए ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत