coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

छिमेकीसँग समदूरीको सम्बन्ध राख्नुपर्छः देउवा

व्यवस्थापिका संसदमा पुष्पकमल दाहालाइ प्रधानमन्त्रीमा प्रस्ताव गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलहरुसँग पनि सहमति भएकोले संविधानको सर्वस्वीकार्यता हुने कुरामा आफू आशावादी भएको बताएका छन्। 

व्यवस्थापिका संसदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई  प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दै देउवाले सत्ता परिवर्तन, सरकार परिवर्तन प्रजातान्त्रिक अभ्यासभित्रै पर्ने बताउँदै देउवाले शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन गर्दा पुष्पकमल दाहाल पनि दुई पटक प्रधानमन्त्री हुन लागेको बताए।

देशमा शान्ति र स्थिरता भए केपी शर्मा ओली र पुष्पकमल दाहाल संसदमा प्रस्तुत गरेको विकास योजनाहरु पूरा हुने उनले जनाए। संविधानको सर्वस्वीकार्यता, संविधानको कार्यान्वय, भूकम्प पीडितलाई राहत, पुनर्निर्माण, शान्ति प्रक्रियाको टुंगोलगायत सबै कुराका लागि सरकार परिवर्तन गर्न आवश्यक भएको उनले जनाए।

‘साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिँदैन,’ उनले भने,‘त्यसैले, भारत–चीन दुबैसँग समदूरीको सम्बन्ध राख्नु आवश्यक छ।’ दातृ निकाय, विकास साझेदार र सबै मैत्री सम्बन्ध भएका देशहरुसँग राम्रो सम्बन्ध राख्नु आवश्यक  रहेको उनको भनाइ थियो ।

 

प्रकाशित: १९ श्रावण २०७३ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App