युएईलाई नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको आग्रह

बिहिबार, ३० कार्तिक २०७४, ०८ : २५ नागरिक

काठमाडौं- युनाइटेड अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र त्यहाँका राजकुमार तथा युएई सेनाको डेपुटी सुप्रिम कमान्डर शेख मोहम्मद बिन जयद अल नाह्नबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
बुधबार भएको वार्तामा दुवै पक्षले विगत ४० वर्षदेखि दुई देशबीच कायम रहेको कूटनीतिक सम्बन्धमा सन्तुष्टि व्यक्त गरेका थिए । वार्तामा दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएको युएईस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘राष्ट्रपतिज्यूको भ्रमणले दुई देशबीचको मैत्री सम्बन्ध तथा सहयोगलाई बढवा दिएकोमा युएईका राजकुमारले खुसी व्यक्त गर्नुभएको छ । उहाँले नेपालको स्वास्थ्य तथा शिक्षालगायत प्राथमिकताका क्षेत्र विकासमा सघाउने इच्छा व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा जनाइएको छ ।
भेटवार्तामा दुवै पक्षले वाणिज्य, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कृषि र पूर्वाधार विकास क्षेत्रमा सहयोग बढाउनुपर्नेमा सहमति जनाएका थिए । राष्ट्रपति भण्डारीले भेटमा नेपालको उत्पादन क्षेत्रमा लगानी गर्न युएईलाई आग्रह गर्दै नेपालमा वैदेशिक लगानी सुरक्षित रहेको विश्वास दिलाएकी थिइन् । भेटवार्तामा दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रलाई पुनःसक्रिय गराउनुपर्नेमा दुवै पक्ष सहमत भएका थिए । निकट भविष्यमै दुईबीच रहेको संयुक्त परामर्श संयन्त्रको बैठक काठमाडौं गर्नेमा पनि भेटवार्तामा सहमति बनेको विज्ञप्तिमा उल्लेख छ ।
‘भेटमा राजकुमारले आप्रवासी नेपाली कामदार कडा परिश्रमी र इमानदार भएको भन्दै प्रशंसा गर्नुभएको थियो । परिश्रमी र इमानदारीकै कारण आप्रवासी नेपाली कामदारले युएईमा सम्मान पाउने गरेको उहाँले बताउनुभयो,’ विज्ञप्तिमा छ । राष्ट्रपति भण्डारीले भने युएईको विकास र समृद्धिमा नेपाली कामदारको भूमिका महŒवपूर्ण रहेको भेटमा स्मरण गराएकी थिइन् । राष्ट्रपति ले भेटमा युएईका राजकुमारलाई नेपाल भ्रमणको निम्तो दिएकी छिन् ।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad